राजकुमार परियारले जिते पहिलो गोल्डेन माईक

३ पुष २०७८, शनिबार १६:४१
Featured Video Play Icon

मकवानपुर, ३ पुस । पर्वतका राजकुमार परियार नेपाल आईडल सिजन ४ मा पहिलो गोल्डेन माईक विजेता बनेका छन् । पोखरा अडिसनमा सहभागी भएका राजकुमारले निर्णायकहरुबाट गोल्डेन माईक प्राप्त गरेसँगै उनी सिधै गाला राउण्डमा प्रवेश गरेका छन् । उनलाई सुरुमा गायक सुगम पोखरेलले पहिलो गोल्डेन माईक हकदारका रुपमा चर्चा गरेका थिए । उनले गोल्डेन माईक विजेता भएसँगै नगद पुरस्कार पनि प्राप्त गरेका छन् ।

कुष्मा पर्वत निवासी राजकुमार हाल पोखरामा बसोबास गर्छन् । १४ वर्षको उमेरदेखि गीत गाउन थालेका राजकुमारलाई सुरुमा गायन क्षेत्रमा लाग्न परिवारबाट साथ थिएन । तर उनको गाउँले साथी उनका लागि निक्कै भरोसायोग्य व्यक्ति बन्न पुगे । उनले गायनमा राजकुमारलाई सहयोग मात्र गरेनन् बरु आफ्नै घरमा बासको व्यवस्था समेत मिलाए । गायन क्षेत्रमै लाग्न घर छोडेर पोखरामा आएका उनलाई केही महिना त्यही साथीले निरन्तर साथ दिईरहे । साथीको घरमै बसेर संगीत यात्रा सुरु गर्दै गर्दा उनले केही साथीहरुबाट सँगीतबारे अझ बुझ्न र सिक्न पाए । साथै उनले गायनमा मौका समेत पाए । उनले ब्याण्डमा भोकलिष्टको रुपमा आफ्नो गायनलाई तिखार्दै गए । नेपाल आईडलको यसअघिका सबै सिजनमा पनि सहभागी भएका राजकुमारले चौथो सिजनमा भने मौकामा चौका हानेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*