खतरामा दिया सोनार र सञ्जीव चौधरी

२ पुष २०७८, शुक्रबार १९:५९
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २ पुस । सारेगमप लिटिल च्याम्प्स नेपाल गायन रियालिटी शोका चर्चित २ प्रतियोगीहरु अर्को साता बाहिरिन सक्ने जोखिममा परेका छन् । शोमा सुमधुर आवाजका कारण चिनिएकी सिलगुडीकी दिया सोनार र रकिङ प्रस्तुतिका लागि चिनिएका बर्दियाका सञ्जीव चौधरी बटम थ्रीमा परेसँगै बाहिरिने सम्भावना बढेको हो । खतराको घेरामा परेका यी दुई प्रतियोगीहरुले आफ्ना दर्शक श्रोतालाई भोट अपिल गरेका छन् । सञ्जीवले एकपटक मात्रै बटम थ्रीको सामना गरेता पनि दियाले भने गत सातादेखि लगातार २ पटक बटम थ्रीको सामना गरिरहेकी छिन् । शोमा निर्णायकहरुबाट राम्रो अंक प्राप्त गरेता पनि यी दुई प्रतियोगीलाई दर्शक भोटको अभाव देखिएको छ । हाल उनीहरु दुबै जना उत्कृष्ट १० मा भिडिरहेका छन् ।

सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १० मा पुगेकी दियाले गत साता निर्णायकबाट ४६ अंक प्राप्त गरेकी थिईन् । यो साता पनि सुमधुर आवाजले मन जितेकी दियाले निर्णायक र जुरीहरुबाट जम्मा ४९ अंक प्राप्त गरेकी छिन् । १३ वर्षीया दिया सिलगुडी भारत निवासी हुन् । त्यस्तै सञ्जीवले गत साता निर्णायकबाट ५० अंक प्राप्त गरेका थिए । उनले यो साता ४६ अंक प्राप्त गरेका छन् । उनले उत्कृष्ट १२ को प्रस्तुतिका क्रममा पफोमर अफ द विक अवार्ड जितेका थिए । उनले उत्कृष्ट १२ को क्रममा गायक धर्मेन्द्र सेवासँगको युगल प्रस्तुतिमा पफोमर अफ द विक अवार्ड जितेका हुन् । १५ वर्षीय सञ्जिव बर्दियाको गुलरिया निवासी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*