कोच मिलन र नानीहरुको मञ्चमा रुवाबासी

१ पुष २०७८, बिहीबार २०:३१
Featured Video Play Icon

मकवानपुर, १ पुस । द भोईस किड्स नेपालको ब्याटल राउण्डमा कोच मिलन रोएपछि भोईसको सेटमै रुवाबासी भएको छ । कोच मिलनको पहिलो ब्याटलमा मिन्छामा राई, उपमा थपलिया र गंगा कार्कीले ब्याटल भिडेको समयमा कोच मिलनले आँशु थाम्नै सकिनन् । ३ प्रतियोगीहरुले ब्याटल भिडेपछि कोचहरुले उनीहरुको तारिफ गरेका थिए । नानीहरुको तारिफ गर्दै गर्दा नै ३ जनामध्ये एक जना छान्नुपर्ने भएकोले भावुक बनेकी थिईन् ।

कोच मिलन रोएपछि प्रतियोगी नानीहरुले पनि कोच मिलनलाई नरुन आग्रह गरेका थिए । कोच मिलन रोएपछि नानीहरुले समेत आँशु थाम्न सकेका थिएनन् । कोच मिलनले सम्हालिएर मिन्छामालाई लाईभको लागि छानेपछि उपमा र गंगाको पनि आँशु रोकिएन । स्टिलबाट कोच राजुले गंगालाई छानेता पनि उपमा भने शोबाट बाहिरिएकी छिन् । उपमाले रुँदै सेट छोड्दा दर्शकहरुसमेत भावुक बनेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*