जयन्त माधव भराली (Jayanta Madhav Bharali) को सारेगमप यात्रा (फोटो फिचर)

२३ मंसिर २०७८, बिहीबार ०६:११

मकवानपुर, २३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपाल गायन रियालिटी शोका चर्चित प्रतियोगी जयन्त माधव भराली गत साता शोबाट बाहिरिए । शोमा सबैको मन जित्न सफल भएका उनी उत्कृष्ट ११ छनौटका क्रममा बाहिरिएका हुन् । शो छाड्दै गर्दा उनले दमदार प्रस्तुति दिएका थिए ।

यसअघि उनले निर्णायकबाट ४९ अंक र दर्शक भोटबाट १३ अंक गरी जम्मा ६२ प्राप्त गर्दै उत्कृष्ट १२ मा प्रवेश गरेका थिए । उनले भोटिङ राउण्डमा पुगेपटि ३ पटक बटम थ्रीको सामना गर्दै शोबाट बाहिरिएका हुन् । उनले उत्कृष्ट १४ र उत्कृष्ट १३ र अन्तिम पटक उत्कृष्ट ११ को छनौटका क्रममा बटम थ्रीको सामना गरेका हुन् । १० वर्षीय जयन्त भारतको आसाम निवासी हुन् । हेरौँ केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*