अनुजा कडरिया र सरगम राईको कडा भिडन्त

२३ मंसिर २०७८, बिहीबार ०५:५०
Featured Video Play Icon

मकवानपुर, २३ मंसिर । द भोईस किड्स नेपालको ब्याटल राउण्डमा गायिका प्रविशा अधिकारीको टिमबाट २ जना प्रतियोगीहरुको महाभिडन्त हुने सम्भावना बढेको छ । कोच प्रविशाको टिममा झापाकी अनुजा कडरिया र भोजपुरकी सरगम राईको कडा भिडन्त पर्ने सम्भावना देखिएको हो । कोच प्रविशाको टिममा भएका १२ प्रतियोगीहरुमध्ये अनुजा र सरगमले ब्लाईण्ड अडिसनमा चारै जना कोचहरु आफुतर्फ फर्काउन सफल भएका थिए । यदि यी दुई प्रतियोगीलाई उनीहरुको क्षमता अनुसार भिडाउने हो भने यी दुई जना एकै पटक ब्याटलमा भिड्ने सम्भावना बढ्नेछ । तर कोच प्रविशाले यी दुबैलाई जोगाउनका लागि छुट्टाछुट्टै भिडाएमा मात्र यी दुई प्रतियोगीहरु ब्याटलबाट अगाडि बढ्नेछन् । तर भोईसमा ट्यालेन्ट प्रतियोगीहरुलाई पनि एउटै राउण्डमा भिडाउने अवस्था रहेकोले यी दुईको कडा प्रतिस्पर्धा हुने सम्भावना उत्तिकै छ । तपाईको विचारमा के अनुजा र सरगमले ब्याटलमा संगै भिड्लान् ? कृपया कमेन्ट गर्नुहोस् ।

द भोइस किड्स नेपालको ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुको कुर्सी आफुतर्फ फर्काउन सफल पहिलो प्रतियोगी हुन् अनुजा कडरिया । ९ वर्षीया अनुजा बिर्तामोड झापा निवासी हुन् । ३ वर्षको उमेरदेखि नै गीत गाउन थालेकी अनुजाले युकेजीमा अध्ययनरत छँदा नै स्टेज पफोमेन्स दिएकी थिईन् । उनकी आमा मञ्जु कडरियाले पनि उनलाई गायनमा लाग्न साथ दिएकी छिन् । त्यस्तै द भोइस किड्स नेपालको ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुको कुर्सी आफुतर्फ फर्काउन सफल पाँचौँ प्रतियोगी हुन् सरगम राई । ८ वर्षीया सरगम भोजपुर आमचोक निवासी हुन् । संगीतकार समेत रहेका बुवा सुमन राईले सरगमलाई सानैदेखि संगीत सिकाएका हुन् । आमा सोनी राईले पनि उनलाई संगीत क्षेत्रमा लाग्न मदत गरिरहेकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*