कोच राजुको टिमबाट महाभिडन्त

२२ मंसिर २०७८, बुधबार १९:५२
Featured Video Play Icon

मकवानपुर, २२ मंसिर । द भोईस किड्स नेपालको ब्याटल राउण्डमा कोच राजुको टिममा सहभागीहरुको महाभिडन्त हुने भएको छ । कोच राजुको टिममा ५ जना त्यस्ता प्रतियोगीहरु छन् जुन प्रतियोगीहरुले चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल भएका थिए । ती ५ प्रतियोगीहरुले सम्भवत ब्याटल राउण्डमा एकअर्काको सामना गर्ने प्रबल सम्भावना छ । ब्लाईण्ड अडिसन सकिने बित्तिकै सुरु हुने ब्याटल राउण्डमा एकै कोचको टिमबिच प्रतिस्पर्धा हुनेछ । जसअनुसार कोच राजु लामाको टिमबाट ३–३ जना गरी जम्मा १२ जना प्रतियोगीहरुले लाईभमा पुग्नका लागि ब्याटलमा भिड्नेछन् । उनीहरुमध्ये केबल ३ जनामात्रै लाईभ राउण्डमा पुग्नेछन् । के चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल भई कोच राजुको टिममा आएका ५ प्रतियोगीहरु सुप्रिम मल्ल ठकुरी, ईप्सिचुङ चाम्लिङ, हितेश राउत, पेमा दिछेन तामाङ र नोरीन राईले एकैपटक भिड्लान् ? कस्तो छ उनीहरुबिचको सम्भावना ? यस भिडियो सामग्रीमा यसैबारे चर्चा गरिएको छ ।

कोच राजुको टिममा रहेका यी ५ जना प्रतियोगीहरु एकै टिमबाट भिड्ने वा नभिड्ने सम्भावना बराबर छ । यी ५ जनालाई बचाउन खोजिएता पनि कोच राजुले लाईभ राउण्डसम्म पुग्दा यी ५ जनामध्ये २ जना प्रतियोगी गुमाईसकेका हुनेछन् किनभने लाईभमा केबल ३ जना मात्र प्रतियोगीहरु पुग्नेछन् । अझ यी ५ जनामध्ये ३ जनालाई एउटै टिमबाट भिडाईयो भने कोच राजुको टिममा लाईभमा पुग्दा कुनै एक जना मात्र प्रतियोगी बाँकी रहनेछन् । अचम्मका कुरा त के भने यी चारै जना प्रतियोगीहरु सदाबहार गीत गाउन माहिर छन् । त्यसैले पनि दमदार प्रतियोगीहरु नै एउटै टिममा भिडाउने सम्भावना पनि रहनेछ । तर जे होस् आफ्नो टिमलाई जिताउन कोच राजुले उनीहरुलाई एउटै टिममा नभिडाएर फरक फरक टिममा भिडाउन पनि सक्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*