कोचहरुको रोजाईमा ईप्सीचुङ चाम्लिङको आवाज (Ipsichung Chamling)

१७ मंसिर २०७८, शुक्रबार १६:४४
Featured Video Play Icon

मकवानपुर, १७ मंसिर । द भोइस किड्स नेपालको ब्लाईण्ड अडिसनबाट खोटाङका ईप्सिचुङ चाम्लिङ चर्चित बनेका छन् । ईप्सिचुङ द भोईस किड्स नेपालको ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुको कुर्सी आफुतर्फ फर्काउन सफल तेस्रो प्रतियोगी हुन् । उनको आवाज सुनेर चारै जना कोचहरुले उनको प्रशंसा गरेका थिए । ब्याटलको दमदार तयारी गरिरहेका उनी कोच राजुको टिममा छन् ।

साथीहरुमाझ ईप्सी नामले परिचित उनी खोटाङ निवासी हुन् । १० वर्षीय ईप्सीले आफ्नी आमाबाट गीत गाउन सिकेका हुन् । आमा अम्बिका चाम्लिङ पनि गीतसंगीतमा रुचि राख्ने भएकोले उनैबाट ईप्सीले पनि गीत गाउन सिकेका हुन् । ईप्सीका बुवा घनश्याम चाम्लिङ हुन् । हेर्नुहोस् भिडियो सामग्री–

हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*