चर्चामा भोईस किड्सका सुप्रिम मल्ल ठकुरी (Suprim Malla Thakuri)

१७ मंसिर २०७८, शुक्रबार १६:२९
Featured Video Play Icon

मकवानपुर, १७ मंसिर । द भोइस किड्स नेपालको ब्लाईण्ड अडिसनमा सहभागी भएका बाजुराका सुप्रिम मल्ल ठकुरी अहिले चर्चामा छन् । उनी द भोईस किड्स नेपालको ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुको कुर्सी आफुतर्फ फर्काउन सफल दोस्रो प्रतियोगी हुन् । गायकद्वय किरण गजमेर र धर्मेन्द्र सुनारको आवाजमा रहेको ‘नदेखन्या घाउ’ बोलको गीत गाएर उनले चारै जना कोचहरुको मन जितेका थिए । उनको आवाज सुनेर सबैभन्दा सुरुमा फर्किएका कोच राजु लामाको टिमबाट उनले भोईस किड्स नेपालको बाँकी यात्रा सुरु गर्दैछन् ।

९ वर्षीय सुप्रिम बाजुरा निवासी हुन् । ३ वर्षको उमेरदेखि नै गीत गाउन थालेका सुप्रिमले सुरुमा टेलिभिजन हेर्दै गीत गाउन सिकेका थिए । उनले गीत गुनगुनाएको देखेर उनका बुवाआमाले उनलाई गायन प्रतियोगिताहरुमा पनि सहभागी गराउन थालेका थिए । बुवा कृष्ण मल्ल ठकुरी र आमा उर्मिला मल्ल ठकुरीले उनलाई संगीत सिकाउने विचार पनि गरेका थिए । तर भौगोलिक र आर्थिक अवस्था दुबै समस्याले गर्दा उनीहरुले सुप्रिमलाई औपचारिक रुपमा संगीत सिकाउन पाएका छैनन् । तर उनीहरुले सुप्रिमलाई गीत गाउन भने सधैँ प्रेरणा दिईरहेका छन् । उनको प्रस्तुतिमा सबै कोचहरुले प्रशंसा गरेका थिए । उनले कोच छनौटका क्रममा कोच राजु लामासँगै गाएको क्लिप पनि अहिले भाईरल भईरहेको छ । हेर्नुहोस् भिडियो सामग्री–

हेर्नुहोस् तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*