रोशा फुयाँल (Rosha Phuyel) को रेकर्ड नै रेकर्ड (फोटो फिचर)

१० मंसिर २०७८, शुक्रबार २०:४४

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी चौथो प्रतियोगी हुन् रोशा फुयाँल । उनले गत साता निर्णायकबाट ५० अंक र दर्शक भोटबाट पनि ७.६ अंक प्राप्त गर्दै ५७.६ अंक प्राप्त गरेकी थिईन् । उनले सारेगमप लिटिल च्याम्प्स नेपालमा पहिलो पफोमर अफ द विक अवार्ड जित्दै पहिलो लिडरबोर्ड टप स्कोरर समेत बन्न सफल भएकी थिईन् । उनी नै निर्णायक अंक र दर्शक भोटमा सतप्रतिशत अंक अर्थात १०० मा १०० नै अंक प्राप्त गर्ने पहिलो प्रतियोगी पनि हुन् । उनले अहिलेसम्म ४ पटक चाट बस्टर र ३ पटक ब्लकबष्टर पाएकी छिन् ।

१४ वर्षिया रोशा फुयाँल, झापाको मेची नगर निवासी हुन् । रोशालाई संगीत सिकाउनकै लागि उनकी आमा घरभन्दा टाढा बिर्तामोडमा कोठा भाडामा लिएर बसोबास गरिरहेकी छिन् । सुरुमा सनलाईट म्युजिक बिर्तामोडमा कृष्ण योञ्जनसँग संगीत सिकेका उनले त्यसपछि सरोज वत्ससँग सप्तकमा संगीत सिक्दैछिन् । सानैदेखि संगीतमा रुचि देखाएकी रोशाले मेची नगरमा भएका धेरै प्रतियोगिताहरुमा समेत जित हासिल गरेकी छिन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*