निर्णायकसँगै रोशाको दमदार गायन, नायकको गीत पनि कडा

१० मंसिर २०७८, शुक्रबार ०५:५२
Featured Video Play Icon

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्पस नेपालमा यो साता उत्कृष्ट १२ प्रतियोगीहरु छनौट हुँदैछन् । यसैबिच सारेगमप लिटिल च्याम्पसले यही शुक्रबारको १५ औँ एपिसोडको लागि प्रोमो सार्वजनिक गरेको छ । जुन प्रोमो अनुसार यो साताको एपिपसोड निक्कै दमदार हुने देखिएको छ । शोमा यो साता शोकै चर्चित प्रतियोगी रोशा फुयाँलले निर्णायक कालिप्रसाद बास्कोटासँगै उनको चर्चित गीत गाएका छन् ।

रोशासँगै गाइएको यो गीतको क्लिप अहिले भाईरल भईरहेको छ । रोशा शोमा विभन्नि रेकर्ड बनाएकी प्रतियोगी हुन् । उनी भोटिङ राउण्ड सुरु भएपछि पहिलो अवार्ड जित्ने प्रतियोगीमात्र नभई शोमा नै निर्णायक र दर्शकबाट सतप्रतिशत अंक पाउने पहिलो प्रतियोगी हुन् । साथै उनी पहिलो टप स्कोरर समेत हुन् । उनी अहिले चर्चाको शिखरमा छिन् । यो साता शोमा नायक नाजिर हुसेन पनि अतिथिका रुपमा सहभागी भएका छन् । हातमा रातो गुलाफको फुल बोकेर ईन्ट्री गरेका नाजिरले पनि रमाईलो गीत गाएका छन् ।

यी नै विविध कारणहरुले गर्दा यो साता सारेगमप लिटिल च्याम्प्स नेपाल विशेष बन्ने भएको छ । यो साता उत्कृष्ट १२ छानिने भएकोले एक प्रतियोगी शोबाट बाहिरिनेछन् भने बाँकी १२ जनाले अर्को साता उत्कृष्ट ११ को लागि प्रस्तुति दिनेछन् । यो साता प्रसारण हुने एपिसोड १५ र १६ लाई दर्शकहरुले पनि पर्खिरहेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*