रोशा फुयाँल (Rosha Phuyel) उत्कृष्ट १४ मा (फोटो फिचर)

३ मंसिर २०७८, शुक्रबार ०६:०२

मकवानपुर, ३ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १४ मा पुगेकी पहिलो प्रतियोगी हुन् रोशा फुयाँल । उनले गत साता निर्णायकबाट ५० अंक र दर्शक भोटबाट पनि ५० अंक प्राप्त गर्दै सर्वाधिक सय अंक प्राप्त गरेकी थिईन् । उनले सारेगमप लिटिल च्याम्प्स नेपालमा पहिलो पफोमर अफ द विक अवार्ड जित्दै पहिलो लिडरबोर्ड टप स्कोरर समेत बन्न सफल भएकी छिन् ।

उनी नै निर्णायक अंक र दर्शक भोटमा सतप्रतिशत अंक अर्थात १०० मा १०० नै अंक प्राप्त गर्ने पहिलो प्रतियोगी पनि हुन् । १४ वर्षिया रोशा फुयल, झापाको मेची नगर निवासी हुन् । रोशालाई संगीत सिकाउनकै लागि उनकी आमा घरभन्दा टाढा बिर्तामोडमा कोठा भाडामा लिएर बसोबास गरिरहेकी छिन् । सुरुमा सनलाईट म्युजिक बिर्तामोडमा कृष्ण योञ्जनसँग संगीत सिकेका उनले त्यसपछि सरोज वत्ससँग सप्तकमा संगीत सिक्दैछिन् । सानैदेखि संगीतमा रुचि देखाएकी रोशाले मेची नगरमा भएका धेरै प्रतियोगिताहरुमा समेत जित हासिल गरेकी छिन् । हेर्नुहोस् केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*