द भोईस किड्स नेपालमा अनुजा कडरियाले राखिन् रेकर्ड

२८ कार्तिक २०७८, आईतवार १६:२८
Featured Video Play Icon

मकवानपुर, २८ कात्तिक । द भोइस किड्स नेपालमा झापाकी अनुजा कडरियाले नयाँ रेकर्ड राखेकी छिन् । साथीहरुमाझ निक्कै नै राम्रो गाउने गायिकाका रुपमा परिचित अनुजाले चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल हुँदै नयाँ रेकर्ड बनाएकी हुन् । उनी नै द भोईस किड्समा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल पहिलो प्रतियोगी हुन् । उनलाई कोच प्रविशा अधिकारीले आफु बस्ने कोचको कुर्सीमा समेत राखेकी थिईन् । उनको गायकीको सबै निर्णायकहरुले खुलेर प्रशंसा गरेका थिए । उनी कोच प्रविशाको टिममा छिन् ।

९ वर्षीया अनुजा कडरिया बिर्तामोड झापा निवासी हुन् । ३ वर्षको उमेरदेखि नै गीत गाउन थालेकी अनुजाले युकेजीमा अध्ययनरत छँदा नै स्टेज पफोमेन्स दिएकी थिईन् । उनकी आमा मञ्जु कडरिया हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*