दोहोरी च्याम्पियनको सर्वाधिक हेरिएका ५ एपिसोडहरु

२८ कार्तिक २०७८, आईतवार १३:३०
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २८ कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो दोहोरी च्याम्पियनको पहिलो सिजन केही हप्ता अघि मात्रै सकिएको छ । दोहोरी च्याम्पियनको ग्राण्ड फिनालेसहित जम्मा ३४ वटा एपिसोडहरु प्रसारण भएका थिए । ती एपिसोडहरुमध्ये दर्शकले युट्युबमा हेरेका सर्वाधिक चर्चित ५ एपिसोडहरुका बारेमा यस भिडियो सामग्रीमा चर्चा गर्दैछौँ । आउनुहोस् यस काउनडाउनलाई सुरु गरौँ ।

नम्बर ५–दोहोरी च्याम्पियनको सर्वाधिक हेरिएका एपिसोडहरुको पाँचौँ नम्बरमा यसको पाँचौ एपिसोड रहेको छ । यस एपिसोडमा बालचन्द्र बराल र शोभा कार्कीसँग राजेन्द्र पाठक र मिना नेपालले दोहोरी भिडेका थिए । यही एपिसोडको दोहोरी भिडन्तले बालचन्द्र र शोभालाई उत्कृष्ट १२ मा पुराएको थियो । यो सामग्री तयार पार्दाको समयसम्म यस एपिसोडलाई दर्शकहरुले ९ लाख ८३ हजारभन्दा बढी पटक हेरेका छन् । भिडियोमा १७ हजार लाईक र १ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर ४–दोहोरी च्याम्पियनको सर्वाधिक हेरिएका एपिसोडहरुको चौथो नम्बरमा यसको सत्ताईसौँ एपिसोड रहेको छ । यस एपिसोडमा प्रकाश पराजुली र मिना बुढाथोकीसँग जीवन सिग्देल र अस्मिता डल्लाकोटीले दोहोरी भिडेका थिए । यही एपिसोडको दोहोरी भिडन्तले प्रकाश र मिना उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा पुराएको थियो । यो सामग्री तयार पार्दाको समयसम्म यस एपिसोडलाई दर्शकहरुले ११ लाख १० हजारभन्दा बढी पटक हेरेका छन् । भिडियोमा २४ हजार लाईक र २ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर ३–दोहोरी च्याम्पियनको सर्वाधिक हेरिएका एपिसोडहरुको तेस्रो नम्बरमा यसको तेस्रो एपिसोड रहेको छ । यस एपिसोडमा प्रदिप रोका र कल्पना दाहालसँग बिक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेतले दोहोरी भिडेका थिए । यही एपिसोडको दोहोरी भिडन्तले प्रदिप र कल्पनालाई उत्कृष्ट १२ मा पुराएको थियो । यो सामग्री तयार पार्दाको समयसम्म यस एपिसोडलाई दर्शकहरुले ११ लाख ५७ हजारभन्दा बढी पटक हेरेका छन् । भिडियोमा २६ हजार लाईक र ३ हजार ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर २–दोहोरी च्याम्पियनको सर्वाधिक हेरिएका एपिसोडहरुको दोस्रो नम्बरमा यसको पहिलो एपिसोड रहेको छ । यस एपिसोडमा फिजिकल अडिसन प्रसारण भएको थियो । फिजिकल अडिसनमा सहभागी भएका ३५ जोडी प्रतियोगीहरुमध्ये २४ जोडीहरु अघिल्लो राउण्डका लागि छानिएका थिए । यो पहिलो एपिसोड केही विवादका कारण भाईरल समेत भएको थियो । यो सामग्री तयार पार्दाको समयसम्म यस एपिसोडलाई दर्शकहरुले १४ लाख ३८ हजारभन्दा बढी पटक हेरेका छन् । भिडियोमा ३३ हजार लाईक र १८ हजार ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर १–दोहोरी च्याम्पियनको सर्वाधिक हेरिएका एपिसोडहरुको पहिलो नम्बरमा यसको एक्काईसौँ एपिसोड रहेको छ । यस एपिसोडमा जीवन सिग्देल र अस्मिता डल्लाकोटीसँग वसन्त विश्वकर्मा र पवित्रा मगरले दोहोरी भिडेका थिए । यही एपिसोडको दोहोरी भिडन्तले जीवन र अस्मितालाई उत्कृष्ट ८ मा पुराएको थियो । यो एपिसोडमा अस्मिता र वसन्तको दोहोरी सुनेर दर्शक र निर्णायकहरु सबै रोएका थिए । यही एपिसोडले वसन्त र अस्मितालाई थप चर्चा दिलाएको थियो । यो सामग्री तयार पार्दाको समयसम्म यस एपिसोडलाई दर्शकहरुले २४ लाख ३३ हजारभन्दा बढी पटक हेरेका छन् । भिडियोमा ४९ हजार लाईक र ४ हजार २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*