द भोईस किड्स नेपाल शुक्रबार प्रसारण हुँदै

२५ कार्तिक २०७८, बिहीबार १९:५६
Featured Video Play Icon

मकवानपुर, २५ कात्तिक । द भोईस किड्स नेपालको प्रसारण यही कात्तिक २६ गते शुक्रबारबाट हुने भएको छ । यसअघि नै भोईस अफ नेपालले तहल्का मच्चाईसकेको अवस्थामा द भोईस किड्स नेपालले पनि दर्शकहरुको मन जित्ने आयोजकहरुको अपेक्षा छ । शोको ब्लाईण्ड अडिसन राउण्ड शुक्रबारबाट प्रसारण हुनेछ । हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजन एचडीमा प्रसारण हुने यस शोमा ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुले सहभागिता जनाएका छन् ।

द भोईस किड्स नेपालको पहिलो सिजनमा द भोईस अफ नेपालकै चर्चित कोचहरु प्रमोद खरेल र राजु लामा तथा गायिका मिलन नेवार र प्रविशा अधिकारी रहेका छन् । ब्लाईण्ड अडिसनबाट सुरु हुने शो २० भागको हुनेछ । शोको डिजिटल अडिसनमा १० हजारभन्दा बढी बालबालिकाले सहभागिता जनाएका थिए । उनीहरुमध्ये केहीलाई प्रिअडिसनमार्फत छनौट गरिएको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*