नेपाल आईडलको काठमाडौँ अडिसन सम्पन्न

२५ कार्तिक २०७८, बिहीबार १९:२६
Featured Video Play Icon

मकवानपुर, २५ कात्तिक । चर्चित गायन रियालिटी शो नेपाल आईडल सिजन ४ को काठमाडौँ अडिसन सम्पन्न भएको छ । कात्तिक २३ र २४ गतेका लागि तोकिएको काठमाडौँ अडिसनमा उल्लेख्य रुपमा सहभागीहरुले अडिसन दिएका थिए । काठमाडौँ अडिसनमा डिजिटल अडिसन तथा विभिन्न स्थानमा अडिसन दिन छुटेकाहरुले समेत अडिसन दिएका छन् । एनके सिंह मेमोरियल ईपिएस स्कुल मिनभवन काठमाडौँमा काठमाडौँ अडिसन भएको हो ।

तस्बिर–सुरेश पौडेल

यसअघि नै नेपाल आईडल सिजन ४ का लागि डिजिटल अडिसन भईसकेको छ । सिजन ४ का लागि शम्भुजित बासकोटा, सुगम पोख्रेल र सुवानी मोक्तान निर्णायकका रुपमा चयन भएका छन् । यसअघि नेपाल आईडलको तेस्रो सिजनसम्म ईन्दिरा जोशी, न्हु बज्राचार्य र कालीप्रसाद बासकोटाले निर्णायकको भूमिका निभाएका थिए । उनीहरुसँगको सम्झौता सकिएकोले नयाँ निर्णायकहरु छानिएका हुन् । नेपाल आईडलमा यसअघिको सिजनहरुमा बुद्ध लामा, रवि ओड र सज्जा चौलागाईँ विजयी भइसकेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*