दोहोरी च्याम्पियन प्रकाश, मिना र रितालाई दाङमा भव्य स्वागत

२२ कार्तिक २०७८, सोमबार ११:३४
Featured Video Play Icon

मकवानपुर, २२ कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ का विजेता प्रकाश पराजुली र मिना बुढाथोकीसँगै तेस्रो स्थान प्राप्त गर्न सफल गायिका रिता रावत क्षेत्रीलाई गृहजिल्ला दाङमा भव्य स्वागत गरिएको छ । उनीहरुलाई गृहजिल्लामा बाजागाजा सहित ठूलो भिडले बजार परिक्रमा गराएको थियो ।

उनीहरुलाई गृहजिल्लामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दाङले कार्यक्रम गरी भव्य स्वागत गरेको हो । उनीहरुलाई अन्य विभिन्न संघसंस्थाले पनि स्वागत कार्यक्रम गरेको थियो । विजेताहरुमध्ये गायिका मिना बुढाथोकी र गायिका रिता रावत क्षेत्री दाङका स्थायी बासिन्दा हुन् । मिना दाङको नारायणपुर गाविस वडा नम्बर ४ की हुन् भने रिता दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ की हुन् । रिताले गायक सविन आचार्यसँगै दोहोरी च्याम्पियनको तेस्रो पुरस्कार जितेकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*