रोशा फुयललाई पहिलो पफोमर अफ द विक अवार्ड

२२ कार्तिक २०७८, सोमबार ११:००
Featured Video Play Icon

मकवानपुर, २२ कात्तिक । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १५ मा पुगेकी चर्चित प्रतियोगी रोशा फुयलले पहिलो पफोमर अफ द विक अवार्ड प्राप्त गरेकी छिन् । उत्कृष्ट १५ को प्रस्तुतिका क्रममा गायिका सुनिति अधिकारीको सदाबहार चर्चित गीत ‘बहारसँगै उड्यो मन’ गाएर उनले उक्त अवार्ड जितेकी हुन् । सारेगमप लिटिल च्याम्प्स नेपालमा पफोमर अफ द विक अवार्ड जित्ने रोशा पहिलो प्रतियोगी हुन् ।

रोशाले सुनितिको आवाजमा रहेको यस गीतमा सबै ग्राण्ड जुरी मेम्बर र निर्णायकहरुबाट स्टाण्डिङ अवेसन पाएकी थिईन् । उनलाई ग्राण्ड जुरीले सतप्रतिशत स्कोर दिएका थिए । सतप्रतिशत स्कोर पाएसँगै उनको प्रस्तुति चाट बस्टर पफोमेन्स बन्न सफल भएको थियो । तिनै जना निर्णायकहरुले १०–१० अंक दिएपछि उनको प्रस्तुति ब्लक बस्टर पफोमेन्स बन्न सफल भयो । यससँगै उनले ५० मा ५० अंक नै प्राप्त गरेकी छिन् । अब दर्शक भोटका आधारमा उनी उत्कृष्ट १४ मा प्रवेश गर्ने वा नगर्ने भन्ने निर्णय गरिनेछ ।

१४ वर्षिया रोशा फुयल, झापाको मेची नगर निवासी हुन् । रोशालाई संगीत सिकाउनकै लागि उनकी आमा घरभन्दा टाढा बिर्तामोडमा कोठा भाडामा लिएर बसोबास गरिरहेकी छिन् । सुरुमा सनलाईट म्युजिक बिर्तामोडमा कृष्ण योञ्जनसँग संगीत सिकेका उनले त्यसपछि सरोज वत्ससँग सप्तकमा संगीत सिक्दैछिन् । सानैदेखि संगीतमा रुचि देखाएकी रोशाले मेची नगरमा भएका धेरै प्रतियोगिताहरुमा समेत जित हासिल गरेकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*