प्रकाश पराजुली र मिना बुढाथोकी बने दोहोरी च्याम्पियनको पहिलो विजेता

१४ कार्तिक २०७८, आईतवार ०७:४२
Featured Video Play Icon

मकवानपुर, १४ कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को पहिलो विजेता घोषणा गरिएको छ । शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा पहिलो दोहोरी च्याम्पियन घोषणा गरिएको हो । दोहोरी च्याम्पियनमा सर्वाधिक भोट प्राप्त गर्दै प्रकाश पराजुली र मिना बुढाथोकी विजेता बन्न सफल भएका छन् । उनीहरुले फाईनलमा पुगेका बालचन्द्र बराल र शोभा कार्कीलाई पछि पार्दै उपाधी हात पारेका हुन् । विजेता भएसँगै उनीहरुले नगद २० लाख, एक करोड बराबरको जीवन विमा र अन्य पुरस्कारहरु प्राप्त गरेका छन् । त्यस्तै उपविजेता टिमले नगद १० लाख, ५० लाख बराबरको जीवन बिमा र अन्य पुरस्कारहरु प्राप्त गरेका छन् ।

त्यस्तै दोहोरी च्याम्पियनमा सविन आचार्य र रिता रावत क्षेत्रीको जोडी तेस्रो हुन सफल भएका छन् । उनीहरुले नगद ३ लाख सहित अन्य पुरस्कारहरु प्राप्त गरेका छन् । त्यस्तै राजेन्द्र पाठक र मिना नेपाल चौथो हुन सफल भएका छन् । उनीहरुले नगद २ लाखसहित अन्य पुरस्कारहरु प्राप्त गरेका छन् । दोहोरी च्याम्पियनको ग्राण्ड फिनालेमा शोका निर्णायक, प्रस्तोता, चर्चित कलाकारहरु र हजारौँ दर्शकहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।

दोहोरी च्याम्पियनको विजेता बनेका प्रकाश पराजुली र मिना बुढाथोकी अडिसन राउण्डदेखि नै चर्चामा थिए । उनीहरुलाई धेरै दर्शकहरुले दोहोरी च्याम्पियनको एकमात्र दाबेदारका रुपमा चर्चा गरिरहेका थिए । दर्शकहरुकै अनुमान अनुसार उनीहरु दोहोरी च्याम्पियनको विजेता बन्न सफल भएका छन् । डिजिटल अडिसन, र फिजिकअ अडिसन पार गर्दै उत्कृष्ट २४ मा पुगेका उनीहरुले निर्णायकहरुबाट ५६८ अंक प्राप्त गर्दै ७ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । यसरी विभिन्न राउण्ड पार गर्दै उत्कृष्ट १६ मा आईपुग्दा प्रकाशलाई एक जना निर्णायकले थ्री स्टार र बाँकी ३ जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै मिनालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए । त्यसपछि पनि उनीहरु उत्कृष्ट ८ र सेमिफाईनल राउण्ड पार गर्दै फाईनलमा पुगेका थिए ।

उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । प्रकाश स्याङ्जाका हुन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ मा जन्मिएका प्रकाश वि.सं. २०७१ सालदेखि दोहोरी गायन क्षेत्रमा सक्रिय छन् । सानैदेखि गीत गाउन रुचाउने प्रकाशले मेलापात र पूजापाठमा भजन गाउँदै गायन क्षेत्रमा पाईला टेकेका हुन् । प्रकाशसँगै जोडी बाँधेर दोहोरी भिडेकी गायिका मीना बुढाथोकी दाङकी हुन् । दाङको नारायणपुर गाविस वडा नम्बर ४ मा जन्मिएकी मिनाका बुवा ईमानसिंह बुढाथोकी र आमा सितामाया बुढाथोकी हुन् । सानैदेखि गीत गाउन सिपालु मिना विद्यालयसँगै गाउँघरमा हुने विभिन्न कार्यक्रमहरुमा पनि सहभागी हुन्थिन् । गीत गाउँदै जाने क्रममा उनले १ सय ५० वटा भन्दा बढी प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरेको उनी बताउँछिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*