तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा जयराम मुक्तान

१२ कार्तिक २०७८, शुक्रबार १९:०४

मकवानपुर, १२ कात्तिक । मनहरी निवासी जयराम मुक्तान तामाङ पत्रकार संघ मकवानपुरको तेस्रो अध्यक्ष चयन भएका छन् । शुक्रबार भएको तेस्रो अधिवेशनमाले मुक्तानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्ष सुनु थिङ, सचिव सन्देश थिङ, कोषाध्यक्ष भुवन घलान र सह–सचिव सुनसानी थिङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा जमुना थिङ, रबिन्द्र वाईबा, ईमान घलान र मेनुका बल चयन भएका छन् ।

अधिवेशन हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्नुहुँदै उपमेयर लामाले तामाङ पत्रकारिता उत्थानको लागि उपमहानगरपालिका सहयोग गर्न सधै प्रतिबद्ध रहेको बताउनुभयो । मकवानपुर जिल्लामा तामाङहरुको बाहुल्यता भएतापनि निरन्तर रुपमा पत्रकारिता गरिरहेको तामाङ पत्रकारको संख्यामा निकै कम भएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।

संघका कार्यवाहक अध्यक्ष जनक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान, तामाङ पत्रकार संघका केन्दिय सदस्य दुदुमाया सिन्तान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठ, सचिव नवराज वाईबा, तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श सिं थोकर र तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

अधिवेसनको औपचारिक कार्यक्रममा तत्कालिन तामाङ सञ्चार समुह मकवानपुरका सस्थापक अध्यक्ष आदर्श सिं थोकरलाई सम्मान गरिएको थियो । अधिवेशनले प्रदेश प्रतिनिधिको रुपमा नवराज वाईबा, दिलबहादुर लामा र अमर लामालाई छनौट गरेको छ । केन्द्रिय प्रतिनिधिको रुपमा आदर्श सिं थोकर र जनक तामाङलाई छनौट गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*