तेस्रो स्थानका लागि सविन र रितासँग राजेन्द्र र मिनाको दोहोरी भिडन्त हुँदै

११ कार्तिक २०७८, बिहीबार १६:२६
Featured Video Play Icon

मकवानपुर, ११ कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को ग्राण्ड फिनाले यही कात्तिक १३ गते पोखरामा हुँदैछ । दोहोरी च्याम्पियनको उपाधिका लागि प्रकाश पराजुली र मिना बुढाथोकीले भिडन्त गरेका छन् भने ग्राण्ड फिनालेमा तेस्रो स्थान र सान्त्वनाका लागि २ टिमबिच कडा प्रतिस्पर्धा हुने भएको छ । निर्णायक रमेश बिजीका अनुसार चौथो स्थानका लागि यसअघि सेमिफाईनलमा उपविजेता बनेका दुई टिमबिच कडा प्रतिस्पर्धा हुने भएको हो । पहिलो सेमिफाईनलका उपविजेता सविन आचार्य र रिता रावत क्षेत्रीसँग दोस्रो सेमिफाईनलका उपविजेता राजेन्द्र पाठक र मिना नेपालले दोहोरी भिडन्त गर्नेछन् । यी दुई टिमबाट एक टिम तृतिय हुनेछ भने अर्को टिमले सान्त्वना स्थान प्राप्त गर्नेछ ।

सम्भवत यी दुई टिमले ग्राण्ड फिनालेमा प्रस्तुत गरेको दोहोरीकै आधारमा तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल विजेताहरुको घोषणा गरिनेछ । दोहोरी च्याम्पियनको विजेता भने गत साता प्रस्तुत गरिएको दोहोरीपछि शनिबार साँझसम्म प्राप्त दर्शक भोटका आधारमा तय गरिनेछ । सविन र रिताले सेमिफाईनलमा प्रकाश र मिनाको जोडीसँग हार व्यहोरेका थिए । त्यस्तै राजेन्द्र र मिनाले बालचन्द्र र शोभाको टिमसँग हार व्यहोरेका थिए । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तहरुमा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । तेस्रो हुने टिमले नगद ३ लाख रुपैयाँ र सान्त्वना हुने टिमले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*