फाईनल भिडन्तमा बालचन्द्र बराल र मिना बुढाथोकीको चर्काचर्की

१० कार्तिक २०७८, बुधबार ०८:३५
Featured Video Play Icon

मकवानपुर, १० कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को फाईनल दोहोरी भिडन्तमा गायक बालचन्द्र बराल र गायिका मिना बुढाथोकीको कडा दोहोरी भिडन्त परेको छ । सम्धी र सम्धिनीको भूमिकामा दोहोरी भिडेका यी दुई कलाकारले एकअर्कालाई पछि पार्न कडा दोहोरी भिडन्त गरेका थिए । फाईनल दोहोरी भिडन्त भएका कारण यी दुई प्रतियोगीहरुले विषयगत विवादमा मिलेनन् बरु एकअर्कालाई पछि पार्न कडा दोहोरी भिडन्त भिडेका थिए ।

विवाहित छोरीको बुवाका रुपमा देखिएका बालचन्द्रले सकेसम्म आफ्नो छोरीको घर बचाउन प्रयास गर्छन् तर बुहारीको विपक्षमा रहेका सासुका भूमिकामा देखिएकी गायिका मिना बुढाथोकीले गुनासोहरु गर्छिन् । दोहोरी भिडन्तको सुरुवातमा आरोप प्रत्यारोपमा उत्रिएपछि दुबै जना अन्ततिर मिल्ने योजना बनाउँछन् । श्रीमान श्रीमतीको ठाक्काठुक्क परेता पनि ज्वाँई छोरी मिलेर बसोस् भनेर बालचन्द्र मिल्ने प्रस्ताव अघि सार्छन् तर मिना सहमत हुँदिनन् । पछि फेरि मिना सहमत हुन्छन् तर बालचन्द्र सहमत हुँदैनन् । यसरी नै उनीहरुबिचको यो फाईनल दोहोरी भिडन्त अन्त हुन्छ । फाईनलमा जित हात पार्नका लागि यो जोडीले कडा दोहोरी भिडन्त भिडेका थिए । उनीहरुबिच कसले बाजी मार्ला भनेर आउने सातासम्म पर्खनुपर्ने छ । पुरा भिडियो हेर्नुहोस्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*