प्रकाश पराजुली र शोभा कार्कीले दोहोरी गाएर रुवाए दर्शक

९ कार्तिक २०७८, मंगलवार २१:२४
Featured Video Play Icon

मकवानपुर, ९ कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को फाईनल दोहोरी भिडन्तमा गायक प्रकाश पराजुली र गायिका शोभा कार्कीले दोहोरी गाएर श्रोताहरुलाई रुवाएका छन् । चेलीले आफुखुशी विवाहगर्दा बिछोडिएको माईती र चेलीको पूनर्मिलनका विषयमा उनीहरुले दोहोरी गाएका थिए । दोहोरी गाउने क्रममा प्रकाश र शोभाले यति डुबेर गाएकी शोभा आफैपनि दोहोरी गाउँदा गाउँदै भक्कानिएकी थिईन् । प्रकाशले पनि पिडा लुकाउँदै दोहोरी गाएका थिए ।

प्रकाश र शोभाको भावुक दोहोरीले निर्णायकहरु समेत भावुक भएका थिए । निर्णायक सिता थापा त झन उनीहरुको दोहोरीकै दौडान आँशु झार्न बाध्य भएकी थिईन् । शोभाले निक्कै समय आँखामा आँशु बोकेरै गीत गाएकी थिईन् । प्रकाशले दाजुका रुपमा शोभालाई आफ्नो भावनात्मक पिडा प्रस्तुत गरेका थिए भने शोभाले पनि आफ्नो बाध्यताहरु साझा गरेकी थिईन् । उनीहरुको यो फाईनल दोहोरी भिडन्तलाई दर्शक श्रोताहरुले पनि निक्कै रुचाएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*