भुवन केसी र सिन्धु मल्लसँग प्रिती आले र बद्री पंगेनीको कडा दोहोरी भिडन्त

९ कार्तिक २०७८, मंगलवार २०:५९
Featured Video Play Icon

मकवानपुर, ९ कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को फाईनल दोहोरी भिडन्तमा सदाबहार नायक भुवन केसी र चर्चित गायिका सिन्धु मल्लले दोहोरी गाएर तहल्का मच्चाएका छन् । उनीहरुले शोका प्रस्तोता एवम् चर्चित गायक बद्री पंगेनी र गायिका प्रिती आलेसँग दोहोरी गाएका थिए । नायकका रुपमा मात्र दर्शकमाझ चिनिएका नायक भुवन केसीले गाएको दोहोरी पनि अहिले चर्चामा छ ।

सुरुवातमा गायिका प्रिती आलेले आफुलाई नायक भुवन केसी आँखाकै अगाडि देख्दा चक्कर लागेको भन्दै दोहोरी सुरु गरेकी थिईन् । उनलाई जवाफ फर्काउँदै नायक केसीले पनि प्रितीको प्रशंसा गरेका थिए । त्यसपछि प्रितीले उनलाई थप प्रशंसा गरेका थिए । उनीहरुको दोहोरीमा अनमोल केसीको पनि प्रसंग निकालिएको थियो ।

नायक भुवन केसी र गायिका प्रिती आलेको दोहोरी भिडन्तपछि गायिका सिन्धु मल्ल र गायक बद्रि पंगेनीको दोहोरी भिडन्त सुरु भएको थियो । चर्चित ‘ससुरालीमा’ गीतमा संगै सहकार्य गरेका सिन्धु र बद्रीको दोहोरी सुरु भएपछि माहोल तातिएको थियो ।

ससुरालीमा बोलकै गीतमा सुरु भएको दोहोरीमा बद्री र सिन्धुको रमाईलो दोहोरी भिडन्त भएको थियो । परिस्थिति पहिलेको जस्तो नभएको भन्दै उनीहरुले अब जीवनमा नयाँ ढंगले अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । निकै समयपछि बद्री र सिन्धुले स्टेज शेयर गर्दा दर्शकहरुले पनि उनीहरुको दोहोरीलाई निक्कै रुचाएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*