कसले जित्ला फाईनल दोहोरी भिडन्त ?

६ कार्तिक २०७८, शनिबार १८:५१
Featured Video Play Icon

मकवानपुर, ६ कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को अन्तिम एवम् फाईनल दोहोरी भिडन्त यही शनिबार हुँदैछ । अन्तिम फाईनल भिडन्तमा प्रकाश पराजुली र मिना बुढाथोकीसँग बालचन्द्र बराल र शोभा कार्कीले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाउँदै फाईनमा प्रवेश गरेका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात दर्शक भोट र निर्णायक मतको आधारमा कात्तिक १३ गते पोखरामा हुने ग्राण्ड फिनालेमा लाईभ रिजल्ट हुनेछ र विजेता घोषणा गरिनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पारेर उपाधी हात पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को बन्नेछ दोहोरी च्याम्पियनको पहिलो विजेता ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको फाईनलमा पुगेका पहिलो जोडी हुन् प्रकाश पराजुली र मिना बुढाथोकी । उनीहरुले सेमिफाईनलमा चर्चित जोडी सविन आचार्य र रिता रावत क्षेत्रीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् । उत्कृष्ट ८ मा तहल्का मच्चाएका प्रकाशलाई उत्कृष्ट १६ को दोहोरी भिडन्तमा निर्णायक चन्द्र शर्माले थ्री स्टार र बाँकी ३ जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै मिनालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६८ अंक प्राप्त गर्दै ७ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । प्रकाश स्याङ्जाका र मिना दाङकी हुन् ।

दोहोरी च्याम्पियनको फाईनलमा पुगेका दोस्रो जोडी हुन् बालचन्द्र बराल र शोभा कार्की । उनीहरु सेमिफाईनलमा राजेन्द्र पाठक र मिना नेपाललाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् । उत्कृष्ट ८ का क्रममा समेत राम्रो मत पाएका बालचन्द्रले उत्कृष्ट १६ मा सबै निर्णायकहरुबाट फो स्टार प्राप्त गरेका थिए भने शोभाले दुई जना निर्णायकबाट फो स्टार र दुई जनाबाट थ्री स्टार प्राप्त गरेका थिए । त्यस्तै उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ६०४ अंक प्राप्त गर्दै ५ अंकको अन्तरमा जित हासिल गरेका थिए । बालचन्द्र र शोभा लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु परिचित गायक गायिका समेत हुन् । गायिका शोभा कार्कीको माईती म्याग्दीमा पर्छ भने उनको घर गुल्मीमा पर्छ । गायक बालचन्द्र बराल बाग्लुङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*