दोहोरी च्याम्पियनको फाईनल भिडन्तमा यो साता यस्तो धमाका

६ कार्तिक २०७८, शनिबार १८:४५
Featured Video Play Icon

मकवानपुर, ६ कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को पोखरामा हुने ग्राण्ड फिनालेभन्दा अघिल्लो हप्ता अन्तिम दोहोरी भिडन्त हुँदैछ । अन्तिम निर्णायक दोहोरी भिडन्त यही शनिबार प्रसारण हुँदैछ । शनिबार, फाईनलमा पुगेका प्रकाश पराजुली र मिना बुढाथोकीसँग बालचन्द्र बराल र शोभा कार्कीले दोहोरी भिड्दैछन् । यो साता दोहोरी च्याम्पियनमा दोहोरी भिडन्तमात्र नभई अतिथि कलाकारहरुले पनि तहल्का मच्चाउँदैछन् । यो साता शोमा चर्चित गायिका र नायक भुवन केसी आउँदैछन् ।

अतिथि कलाकारसँगै हुने रमाईलोकाबिच यो साता पहिलो दोहोरी च्याम्पियनको विजेता बन्नका लागि दुई टिमबिच कडा दोहोरी भिडन्त हुने यसअघिको प्रोमोले पनि देखाईसकेको छ । प्रोमोमा प्रकाश र शोभाको कडा दोहोरी भिडन्त समावेश गरिएको छ । उनीहरुमध्ये कुन टिम दोहोरी च्याम्पियनको विजेता बन्लान् भनेर पनि दर्शकहरु जान्न उत्सुक छन् । शनिबार उनीहरुको प्रस्तुति पश्चात दर्शक भोट र निर्णायक मतको आधारमा अर्को शनिबार पोखरामा हुने ग्राण्ड फिनालेमा दोहोरी च्याम्पियनको विजेता घोषणा हुनेछ ।

यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले दोहोरी च्याम्पियनको उपाधि जित्न यी जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी विभिन्न प्रस्तुतिहरुका कारण यो साता दोहोरी च्याम्पियन एक धमाकेदार एपिसोड बन्ने देखिएको छ । दर्शकहरु पनि यो साताको दोहोरी च्याम्पियनको तेत्तिसौँ एपिसोडको प्रतिक्षा गरिरहेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*