फाईनल भिडन्तमा शोभा कार्कीको रुवाबासी

६ कार्तिक २०७८, शनिबार १८:३९
Featured Video Play Icon

मकवानपुर, ६ कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को फाईनल भिडन्त यही शनिबार हुँदैछ । शनिबारको फाईनल दोहोरी भिडन्तमा प्रकाश पराजुली र मिना बुढाथोकीसँग बालचन्द्र बराल र शोभा कार्कीले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा प्रकाश र शोभाको कडा दोहोरी भिडन्त देख्न सकिन्छ । प्रोमो अनुसार फाईनल भिडन्तमा गायिका शोभा कार्की धरधरी रोएकी छिन् । दोहोरीको विषय पिडादायक भएकोले उनी रोएकी हुन् भन्ने अनुमान लाउन सकिन्छ ।

दोहोरीको सुरुवातमा प्रकाशले शोभालाई दाइसम्झेर आउन सकिन्थ्यो भन्दै गुनासो गर्छन् । प्रकाशको सवालमा जवाफ दिँदै गर्दा शोभाको गला अवरुद्ध हुन्छ । उनले बाध्यता सुनाउँदै गर्दा मन थाम्नै सक्दिनन् । उनको रुवाईले फाईनल भिडन्तमा निक्कै पिडादायी हुने देखिएको छ ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाउँदै फाईनलमा प्रवेश गरको थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायको मत र दर्शक भोटको आधारमा यहि कार्तिक १३ गते पोखरामा हुने ग्राण्ड फिनालेमा दोहोरी च्याम्पियनको पहिलो विजेता घोषणा हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा चर्चित जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*