प्रकाश पराजुली र मिना बुढाथोकीलाई यति धेरै प्रेम

४ कार्तिक २०७८, बिहीबार १७:१९
Featured Video Play Icon

मकवानपुर, ४ कात्तिक । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को फाईनलमा पुगेसँगैँ गायक प्रकाश पराजुली र गायिका मिना बुढाथोकी चर्चाको शिखरमा छन् । हुन त उनीहरु दुबै जना यसअघि नै दर्शकहरुमाझ चर्चामा आईसकेका कलाकार हुन् । लाईभ दोहोरीमा चर्चा कमाएका प्रकाश र मिनाको ओरिजनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । आफ्नो आवाज र शब्दहरुले मन जितेका प्रकाश र मिनालाई दोहोरी च्याम्पियनले थप उचाईमा पुराएको छ । दर्शकहरु पनि प्रकाश र मिनालाई एकमात्र विजेता दाबेदारका रुपमा चर्चा गर्दैछन् । फाईनल भिडन्तको तयारीमा रहेका प्रकाश र मिनाका बारेमा कमेन्ट गर्दै धेरै दर्शकहरुले दोहोरी च्याम्पियनको पहिलो विजेता उनीहरु नै भएको दाबी समेत गरेका छन् ।

दर्शकहरुले दाबी गरेजस्तै प्रकाश र मिना नै दोहोरी च्याम्पियनको विजेता हुने सम्भावना पनि रहेको जानकारहरु बताउँछन् । तर उनीहरुलाई गायक बालचन्द्र बराल र गायिका शोभा कार्कीको जोडीले कडा टक्कर दिँदैछन् । प्रकाश र मिनाजत्तिकै दर्शक भोट र निर्णायक मतका आधारमा उनीहरु पनि फाईनलमा कडा रुपमा उत्रने देखिन्छ । आवाज र प्रस्तुति जति राम्रो भएता पनि भोट निर्णायक हुने भन्दै कतिपय दर्शकहरुले दोहोरी च्याम्पियन बन्ने हो भने भोटमा पैसा खर्च गर्नैपर्ने दाबी गर्दै आएका छन् ।

यी सबै कुराका बावजुद प्रकाश र मिनालाई दोहोरी च्याम्पियन भएको हेर्ने दर्शकहरुले लगातार कमेन्ट गरिरहेका छन् । हुन त बालचन्द्र र शोभाले जित्नुपर्ने भन्दै कमेन्ट गर्ने दर्शकहरुको संख्या पनि धेरै छन् । तर प्रकाश र मिनालाई भने धेरैले सकरात्मक कमेन्ट गरेको देखिन्छ । उनीहरुमध्ये कुन टिमले जित्ला भनेर चाहिँ अन्तिम फाईनल भिडन्त र पोखरामा हुने नतिजा सार्वजनिक र ग्राण्ड फिनालेलाई कुर्नैपर्ने हुन्छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*