जब सर्जक रमेश बिजीले ‘विवाह गर्दैछु’ भने…..

२ कार्तिक २०७८, मंगलवार २१:०६
Featured Video Play Icon

मकवानपुर, २ कात्तिक । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को विशेष एपिसोडमा शनिबार एउटा घोषणा भएको छ । यो घोषणा शोका निर्णायक रमेश बिजीले गरेका हुन् । उमेरले करिब ४ दशक पुग्न लागिसकेका सर्जक रमेश बिजीले यो वर्ष विवाह गर्ने घोषणा गरेका छन् । दोहोरी च्याम्पियनका प्राय सबै एपिसोडमा निर्णायक बिजीलाई सबै गायक गायिकाले विवाहकै कुरा गर्दै दोहोरी गाउने गरेका छन् । सर्जक बिजीको विवाहको बारेमा निक्कै कुराहरु उठेपछि शनिबार विशेष एपिसोडमा शोका प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले उनलाई विवाहका बारेमा सोधेका थिए ।

गायक बद्री पंगेनीको प्रश्नमा सर्जक बिजीले आफुले छिट्टै विवाह गर्न लागेको बताएका थिए । आफ्नो जीवनका चालिसौँ मंसिरहरु बितेको भन्दै उनले आफ्नो जन्म र विवाहका बारेमा बताएका थिए । उनले विवाहलाई ऐच्छिक विषयसँग तुलना गरेका थिए । तर विवाहका बारेमा प्रश्न उठेपछि उनी पनि विवाहको लागि तयारी गर्दै गरेको उनले बताए ।

बिजीको विवाहको घोषणा भएसँगै उनका शुभचिन्तकहरु समेत खुशी देखिएका छन् । दर्शकहरुले समेत उनको घोषणाको स्वागत गर्दै कमेन्ट गरेका छन् । बहुमुखी प्रतिभाका धनी, सर्जक रमेश बिजी स्याङ्जाका हुन् । चलचित्र लेखनमा पनि सक्रिय रहेका बिजी विशेष गरी गीतकारका रुपमा परिचित छन् । उनले सिर्जेका कयौँ गीतहरु बहुचर्चित बन्न सफल भएका छन् । वि.सं. २०६१ सालदेखि दोहोरी प्रतियोगिताहरुमा निर्णायकको भूमिका निभाउँदै आएका उनले आफैले पनि कुनै समयमा दोहोरी प्रतियोगिताहरुका प्रतिस्पर्धा गरेर जित हासिल गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वर्तमान अध्यक्ष समेत रहेका रमेश बिजी नेपाली कथानक चलचित्र ‘परदेशी’ र ‘गोरखा पल्टन’ का कथा, पटकथा र गीतका लेखक पनि हुन् ।

बिजीको स्थायी घर स्याङग्जाको पुतली बजार नगरपालिका–१४ मा भएता पनि उनले आफ्नो गायन र गीत सिर्जना भने वि.सं. २०५५ देखि बुटवलबाट सुरुवात गरेका थिए । वरिष्ठ गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीको आवाज रहेको ‘लाईछौ वेसन’ बोलको गीत लेखनबाट व्यवसायिक गीतकारको रुपा उनले यात्रा सुरु गरेका थिए । ‘सरर पानी घट्टमा, रुन्छ नि मन किन रुँदैन, चिया छानेको, दियो जलेको देख्छु लगायतका चर्चित गीतहरु पनि बिजीले नै लेखेका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*