दोहोरी च्याम्पियनमा रिले दोहोरीले मच्चायो तहल्का

१ कार्तिक २०७८, सोमबार १७:०२
Featured Video Play Icon

मकवानपुर, १ कात्तिक । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को विशेष एपिसोडमा शनिबार रिले दोहोरी प्रस्तुत भएको छ । यसअघि उत्कृष्ट ८ मा पुगेर बाहिरिएका लोप्रिय जोडीहरु जिवन सिग्देल, अस्मिता डल्लाकोटी, सरोज सिम्खडा, सिता घिमिरे, विजय बानियाँ र सपना रोकाले शोमा तहल्का मच्चाएका थिए ।

शोमा उत्कृष्ट ८ मा पुगेका यी प्रतियोगीहरुमात्र नभई शोकै संचालक एवम् लोकप्रिय गायक बद्री पंगेनी र लोप्रिय गायिका प्रिती आलेले पनि दमदार दोहोरी गाएका थिए । । उनीहरुले उत्कृष्ट ८ मा पुगेका जोडीका साथै निर्णायकहरुसँग पनि दोहोरी भिडेका थिए ।

दोहोरी च्याम्पियनका निर्णायकहरु प्रजापति पराजुली, सिता थापा, रमेश बिजी र चन्द्र शर्मा पनि रिले दोहोरीमा उत्रिए । उनीहरुले पनि दोहोरीमै कडा प्रस्तुति दिएका थिए । रिले दोहोरीको यो प्रस्तुतिले दोहोरी च्याम्पियनको विशेष एपिसोड निक्कै धमाकेदार बनाएको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*