दोहोरी च्याम्पियनको फाईनल कात्तिक १३ गते हुने

३१ आश्विन २०७८, आईतवार १७:३३
Featured Video Play Icon

मकवानपुर, ३१ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को फाईनल भिडन्त कात्तिक १३ गते हुने भएको छ । दोहोरी च्याम्पियनका निर्णायक रमेश बिजीका अनुसार कात्तिक १३ गते लोकसँस्कृतिको राजधानी मानिने गण्डकी प्रदेशको पोखरामा दोहोरी च्याम्पियनको फाईनल गरिन लागेको हो । फाईनलका लागि यसअघि नै प्रकाश पराजुली र मिना बुढाथोकी तथा बालचन्द्र बराल र शोभा कार्कीको टिम छनौट भईसकेका छन् ।

फाईनल रिजल्ट भन्दा अघि आउँदो शनिबार फाईनल भिडन्त पनि हुनेछ । त्यसपश्चात प्राप्त दर्शक भोट र निर्णायक मतका आधारमा कात्तिक १३ गते दोहोरी च्याम्पियनको प्रथम विजेता घोषणा गरिनेछ । ‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । २४ टोली अडिसनबाट छानिँदै दोहोरी च्याम्पियन फाईनलको नजिक पुगेको हो । पोखरामा हुने कार्यक्रममा विशेष अतिथिका साथमा विशेष प्रस्तुतिहरुसहित फाईनल भिडन्त हुनेछ । लोकप्रिय कलाकारहरुको प्रस्तुतिसँगै वरिष्ठ व्यक्तित्वहरुको पनि शोभा सहभागिता रहनेछ । पोखराबाटै फाईनल भिडन्त लाईभ हुनेछ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*