दोहोरी च्याम्पियनमा यो साता यस्तो धमाका

३० आश्विन २०७८, शनिबार १९:३२
Featured Video Play Icon

मकवानपुर, ३० असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को विशेष एपिसोड यही शनिबार प्रसारण हुँदैछ । दोहोरी च्याम्पियनको फाईनल नजिकिएसँगै यो साता शोमा दशैँ विशेष कार्यक्रम हुने भएको हो । दशैँ विशेष कार्यक्रममा दोहोरी च्याम्पियनका प्रतियोगीहरुसहित विशेष अतिथिहरुको पनि विशेष प्रस्तुतिहरु रहनेछन् ।

त्यस्तै यो साता नै फाईनलमा पुग्ने अन्तिम जोडीको नाम घोषणा हुँदैछ । फाईनलका लागि गत साता राजेन्द्र पाठक र मिना नेपालसँग शोभा कार्की र बालचन्द्र बरालले दोहोरी भिडेका थिए । यो साता दोहोरी च्याम्पियनमा दोहोरी भिडन्त नभएता पनि विशेष कार्यक्रम हुने बारेमा गत साता नै शोबाट जानकारी दिइएको थियो । गत साता दोहोरी भिडेका दुबै टिमले निर्णायकहरुबाट प्रशंसा पाएका थिए । दर्शक भोट र निर्णायक मतका आधारमा यो साता एक जोडी फाईनलका लागि छानिनेछन् । यी विभिन्न प्रस्तुतिहरुका कारण यो साता दोहोरी च्याम्पियन एक धमाकेदार एपिसोड बन्ने देखिएको छ । दर्शकहरु पनि यो साताको दोहोरी च्याम्पियनको बत्तिसौँ एपिसोडको प्रतिक्षा गरिरहेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*