बालचन्द्र बराल र शोभा कार्की फाईनलमा पुग्लान् ?

२९ आश्विन २०७८, शुक्रबार १४:५२
Featured Video Play Icon

मकवानपुर, २९ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को फाईनलमा पुग्ने अन्तिम जोडीको घोषणा यही शनिबार हुँदैछ । गत शनिबार राजेन्द्र पाठक र मिना नेपालसँग बालचन्द्र बराल र शोभा कार्कीले दोहोरी भिडेका थिए । यी दुबै टिमले गत साता कडा दोहोरी भिडन्त गरेका थिए । उनीहरुले दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । बालचन्द्र र शोभालाई दर्शकहरुले सुरुवातदेखि नै फाईनलमा पुग्ने जोडीका रुपमा चर्चा गरिरहेका छन् ।

उनीहरुमध्ये धेरै दर्शकहरुले बालचन्द्र र शोभाले पहिले पनि राजेन्द्र र मिनालाई पराजित गरिसकेकाले फेरि पनि बालचन्द्र र शोभा विजेता हुने बताउँदै आएका छन् । गत साता शोभाले मिश्रित प्रतिक्रिया पाएता पनि बालचन्द्रले भने निर्णायकहरुबाट प्रशंसा पाएका थिए । तपाईको विचारमा के बालचन्द्र र शोभा दोहोरी च्याम्पियनको फाईनलमा पुग्लान् जस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा पुगेका चौथो जोडी हुन् बालचन्द्र बराल र शोभा कार्की । उनीहरुले उत्कृष्ट ८ को दोहोरी भिडन्तमा विजय बानियाँ र सपना रोकासँग दोहोरी भिडेका थिए । यसअघि उत्कृष्ट १६ मा बालचन्द्रले सबै निर्णायकहरुबाट फो स्टार प्राप्त गरेका थिए भने शोभाले दुई जना निर्णायकबाट फो स्टार र दुई जनाबाट थ्री स्टार प्राप्त गरेका थिए । त्यस्तै उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ६०४ अंक प्राप्त गर्दै ५ अंकको अन्तरमा जित हासिल गरेका थिए । बालचन्द्र र शोभा लाईभ दोहोरीमा चर्चामा रहेका नाम हुन् ।

उनीहरु परिचित गायक गायिका समेत हुन् । गायिका शोभा कार्कीको माईती म्याग्दीमा पर्छ भने उनको घर गुल्मीमा पर्छ । बालचन्द्र बाग्लुङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*