मिना नेपाललाई निर्णायकले गरे स्यालुट

२६ आश्विन २०७८, मंगलवार ०८:१९
Featured Video Play Icon

मकवानपुर, २६ असोज । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को सेमिफाईनलमा गायिका मिना नेपालले तहल्का मच्चाएकी छिन् । उत्कृष्ट २४ का क्रममा भिडेकै गायक बालचन्द्र बरालसँग फेरि एकपटक दोहोरी भिडेकी मिनाले निर्णायकहरुबाट स्यालुट समेत पाएकी छिन् । उनले सेमिफाईनलमा यति कडा दोहोरी भिडेकी उनलाई निर्णायकहरुले खुलेर प्रशंसा गरेका थिए ।

सुरुमा मिनालाई अतिथि निर्णायक ईन्द्रेणीका कृष्ण कँडेलले प्रशंसा गरेका थिए । उनको टुक्काको समेत कँडेलले प्रशंसा गरेका थिए । कृष्ण कँडेलपछि मिनाको प्रशंसा गर्दै निर्णायक चन्द्र शर्माले सेमिफाईनल लेभलको गीत प्रस्तुत गरेको बताएका थिए । त्यस्तै निर्णायक रमेश बिजीले मिनाको प्रस्तुतिको प्रशंसा गर्दै उनलाई स्यालुट नै गरेका थिए । उनले आफ्नो हृदय नै गदगद भएको बताएका थिए ।

त्यस्तै मिनाको प्रशंसा गर्दै निर्णायक सिता थापाले पनि आफु मिनासँग खुशी भएको बताईन् । निर्णायक प्रजापति पराजुलीले पनि मिनाको प्रशंसा गर्दै उनले शब्दहरुलाई अझ रोचक बनाएको बताएका थिए ।

गायिका मिना नेपाल ओखलढुङ्गाकी हुन् । उनी यतिखेर गायक राजेन्द्र पाठकसँग मिलेर दोहोरी च्याम्पियनमा भिडिरहेकी छिन् । प्रदेश नम्बर १ को ओखलढुङ्गा जिल्ला अन्तर्गत मोलुङ गाउँपालिकाको वडा नम्बर ५ मा जन्मिएकी उनी हाल परिवारसँगै काठमाडौँको कपनमा बस्छिन् । सानैदेखि गीतसँगीतमा रुचि भएकी मिनाले सानैदेखि गीत गाउन थालेकी थिईन् । गाउँबाट टाढाको सहरमा पुगेर क्यासेटहरु किन्दै गीत गाउन सिकेकी मिनाले सुरुका दिनहरुमा दोहोरी प्रतियोगिताहरुमा पनि भाग लिएकी थिईन् । उनको बुवाले सानैमा उनलाई बोकेर गीत गाउन लाने गरेको उनी बताउँछिन् । काठमाडाँैमा आएपछि मामा र माईजुले पनि उनलाई गायनमा सहयोग गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*