ईन्द्रेणी टिमले मच्चायो दोहोरी च्याम्पियनमा तहल्का

२५ आश्विन २०७८, सोमबार १२:१२
Featured Video Play Icon

मकवानपुर, २५ असोज । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को सेमिफाईनलमा चर्चित ईन्द्रेणी टिमले तहल्का मच्चाएको छ । नेपाली लोकदोहोरी संगीतलाई फरक उचाईमा पुराउने खम्बाका रुपमा रहेको ईन्द्रेणीका कृष्ण कँडेलसहितको टोलीले दोहोरी च्याम्पियनमा दोहोरी गाएर तहल्का मच्चाएका हुन् ।

आफ्नो टिमसँगै शोमा अतिथिका रुपमा पुगेका कृष्ण कँडेल, प्रतिमा कँडेल, कृष्ण गन्दर्भ, मनमाया वाईबा, छत्र शाही, खिमा रोक्का लगायतका कलाकारहरुको टोलीले शोको माहोल निक्कै रोचक बनाएका थिए । सुरुमा कृष्ण कँडेल दोहोरी च्याम्पियनकै विषयमा दोहोरी गाउँदै शोमा प्रवेश गरेका थिए । त्यसपश्चात गायिका प्रिती आलेसँग उनको दोहोरी भिडन्त भएको थियो ।

सेमिफाईनलमा पहिलो टोलीले दोहोरी सकाएपछि कृष्ण कँडेल र गायिका तथा कार्यक्रम संचालिका प्रिती आलेबिच सुरु भएको कडा दोहोरी भिडन्त निक्कै रोचक बन्यो । उनीहरुले एकअर्कालाई कटाक्ष गर्दै दोहोरी गाएका थिए ।

गायिका प्रिती आलेसँग दोहोरी चलिरहेकै बेलामा शोका प्रस्तोता तथा चर्चित गायक बद्री पँगेनीले पनि दोहोरी सुरु गरे । उनले गायिका मनमाया वाईबातर्फ लक्षित गर्दै दोहोरी सुरु गरेका थिए । त्यसपश्चात उनीहरुबिच पनि दोहोरीमै घमासान भिडन्त भएको थियो ।

उनीहरुको दोहोरीमा निर्णायक रमेश बिजीलाई पनि समावेश गरिएको थियो । रमेश बिजीकै बारेमा दोहोरी चलिरहँदा उनीहरुले एकअर्कालाई निक्कै सटिक टुक्काहरु प्रहार गरेका थिए ।

यो दोहोरी चलिरहेकै बेलामा शोमा अर्को रोचक प्रसंगले पनि चर्चा पायो । चर्चाबिचमै गायिका मनमाया वाईबाको दोहोरी भिडन्त अर्का निर्णायक प्रजापति पराजुलीसँग भएको थियो । यसरी कृष्ण कँडेल र प्रिती आलेबाट सुरु भएको दोहोरी निक्कै बेर चलेको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*