प्रकाश पराजुली र मिना बुढाथोकी दोहोरी च्याम्पियनको फाईनलमा

२५ आश्विन २०७८, सोमबार १२:०४
Featured Video Play Icon

मकवानपुर, २५ असोज । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को फाईनलमा पुग्ने पहिलो जोडीको नाम घोषणा भएको छ । फाईनलमा पुग्नका लागि पहिलो सेमिफाईनलमा चर्चित जोडीहरु सविन आचार्य र रिता रावत क्षेत्रीसँग प्रकाश पराजुली र मिना बुढाथोकी भिडेका थिए । दमदार दोहोरी भिडेका यी दुई टिममध्ये दर्शक भोट र निर्णायक मतका आधारमा प्रकाश पराजुली र मिना बुढाथोकी फाईनलमा प्रवेश गर्न सफल भएका छन् । प्रकाश र मिना फाईनलमा प्रवेश गरेसँग रिता र सविन शोबाट बाहिरिएका छन् ।

दोहोरी च्याम्पियनको फाईनलमा पुगेका पहिलो जोडी हुन् प्रकाश पराजुली र मिना बुढाथोकी । उनीहरुले सेमिफाईनलमा सविन आचार्य र रिता रावत क्षेत्रीसँग दोहोरी भिडेका थिए । उनीहरु दर्शक भोट र निर्णायक मतका आधारमा जीत हासिल गर्दै फाईनलमा प्रवेश गरेका हुन् । उत्कृष्ट १६ को दोहोरी भिडन्तमा प्रकाशलाई निर्णायक चन्द्र शर्माले थ्री स्टार र बाँकी ३ जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै मिनालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए ।
त्यस्तै उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६८ अंक प्राप्त गर्दै ७ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । प्रकाश स्याङ्जाका हुन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ मा जन्मिएका प्रकाश वि.सं. २०७१ सालदेखि दोहोरी गायन क्षेत्रमा सक्रिय छन् । सानैदेखि गीत गाउन रुचाउने प्रकाशले मेलापात र पूजापाठमा भजन गाउँदै गायन क्षेत्रमा पाईला टेकेका हुन् ।

प्रकाशसँगै जोडी बाँधेर दोहोरी भिडिरहेकी गायिका मीना बुढाथोकी दाङकी हुन् । दाङको नारायणपुर गाविस वडा नम्बर ४ मा जन्मिएकी मिनाका बुवा ईमानसिंह बुढाथोकी र आमा सितामाया बुढाथोकी हुन् । सानैदेखि गीत गाउन सिपालु मिना विद्यालयसँगै गाउँघरमा हुने विभिन्न कार्यक्रमहरुमा पनि सहभागी हुन्थिन् । गीत गाउँदै जाने क्रममा उनले १ सय ५० वटा भन्दा बढी प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरेको उनी बताउँछिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*