दर्शकले सर्वाधिक मनपराएको दोहोरी भिडन्त

२५ आश्विन २०७८, सोमबार ११:५५
Featured Video Play Icon

मकवानपुर, २५ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को पहिलो सेमिफाईनल राउण्ड निक्कै रोचक रह्यो । सेमिफाईनलको पहिलो दोहोरी भिडन्तमा चर्चित दोहोरी गायक विष्णु खत्री र बैकुण्ठ महत सहभागी भएका थिए । उनीहरुले शोकी संचालिका प्रिती आलेसँग दोहोरी समेत गाएका थिए जसको चर्चा अहिले पनि भइरहेको छ । उनीहरुको दोहोरी भिडन्तलाई दर्शकहरुले निक्कै रुचाएका छन् । कतिपय दर्शकहरुले गायक विष्णु खत्री र बैकुण्ठ महतको शालिनता र आवाजको विषयमा टिप्पणी गर्दै उनीहरुलाई शोमा देख्न पाएकोमा निक्कै खुशी लागेको बताएका छन् ।

सुरुमा गायक बैकुण्ठ महत र गायिका तथा कार्यक्रम संचालिका प्रिती आलेबिच दोहोरी भिडन्त भएको थियो । कार्यक्रममा सविन आचार्य र मिना बुढाथोकीलाई परेको विषयमै केन्द्रित रहेर उनीहरुले पनि दोहोरी भिडेका थिए । टुक्काको अन्त्यमा प्रितीले गायक विष्णु खत्रीतर्फ दोहोरी तेस्र्याएका थिए ।

गायिका प्रिती आलेले गायक विष्णु खत्रीतर्फ टुक्का फ्याँकेपछि उनीहरुबिच पनि दोहोरी सुरु भएको थियो । सुरुमा गायक खत्रीले प्रितीसित आफु रिसाएको भन्दै दोहोरी सुरु गरेका थिए । विष्णुको सवालमा प्रितीले पनि रोचक जवाफ फर्काएकी थिईन् ।

रोमाञ्चक शब्दहरुबाट सुरु भएको प्रिती र विष्णुबिचको दोहोरी निक्कै रमाईलो भएको थियो । उनीहरुले एकअर्कालाई प्रेमिल कटाक्ष पनि लगाउँदै रमाईलो टुक्काहरु निकालेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*