सविन आचार्य र रिता राउत फाईनलमा पुग्लान् ?

२३ आश्विन २०७८, शनिबार २०:५२
Featured Video Play Icon

मकवानपुर, २३ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को फाईनलमा पुग्ने पहिलो जोडीको घोषणा यही शनिबार हुँदैछ । गत शनिबार सविन आचार्य र रिता रावत क्षेत्रीसँग प्रकाश पराजुली र मिना बुढाथोकीले दोहोरी भिडेका थिए । यी दुबै टिमले गत साता कडा दोहोरी भिडन्त गरेका थिए । उनीहरुले दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए ।

सविन र रितालाई दर्शकहरुले सुरुवातदेखि नै फाईनलमा पुग्ने जोडीका रुपमा चर्चा गरिरहेका छन् । उनीहरुमध्ये धेरै दर्शकहरुले रिता र सविनको आवाजको प्रशंसा गर्ने गरेका छन् । रितालाई सानी र मायालु गायिकाको रुपमा दर्शकहरुले निक्कै रुचाएका छन् । सविन र रिताको जोडीलाई अन्य प्रतियोगिताहरुभन्दा पनि नयाँ प्रतियोगी भएको र नयाँलाई नै अगाडि बढाउनुपर्ने भन्दै दर्शकहरुले कमेन्ट समेत गर्ने गरेका छन् । निर्णायकहरुबाट स्यालुट समेत पाएकी रितालाई शब्द चयनका दृष्टिले पनि दर्शकहरुले मनपराएका छन् । तपाईको विचारमा के सविन र रिता दोहोरी च्याम्पियनको फाईनलमा पुग्लान् जस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा पुगेका पहिलो जोडी हुन् सविन आचार्य र रिता रावत क्षेत्री । उनीहरुले उत्कृष्ट ८ को दोहोरी भिडन्तमा चर्चित जोडी सरोज सिम्खडा र सिता घिमिरेसँग दोहोरी भिडेका थिए । उनीहरु दर्शक भोट र निर्णायक मतका आधारमा जीत हासिल गर्दै उत्कृष्ट ४ मा प्रवेश गरेका हुन् । यसअघि उत्कृष्ट १६ को दोहोरी भिडन्तमा सविनलाई निर्णायक चन्द्र शर्माले टु स्टार, निर्णायक रमेश बिजी र प्रजापति पराजुलीले थ्री स्टार तथा सिता थापाले फो स्टार दिएका थिए । त्यस्तै रिता रावत क्षेत्रीलाई निर्णायक प्रजापति पराजुलीले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार दिएका थिए ।

त्यस्तै उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तमा निर्णायकहरुबाट ५६८ अंक प्राप्त गर्दै जम्मा १४ अंकले दोहोरी जितेका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । दोहोरी च्याम्पियनमा निर्णायकहरुबाट सर्वाधिक प्रशंसा पाएकी रिता चर्चित लोकदोहोरी गायिका हुन् । रिता दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ की हुन् । रितासँगै जोडी बाँधेर प्रतिस्पर्धा गरिरहेका सविन आचार्य पाँचथरका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*