कसले जित्ला दोस्रो सेमिफाईनलको दोहोरी भिडन्त ?

२३ आश्विन २०७८, शनिबार २०:३६
Featured Video Play Icon

मकवानपुर, २३ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनल राउण्डको अन्तिम दोहोरी भिडन्त यही शनिबार हुँदैछ । सेमिफाईनलको अन्तिम भिडन्तमा राजेन्द्र पाठक र मिना नेपालसँग बालचन्द्र बराल र शोभा कार्कीले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । रोचक कुरा त के हो भने यस अघि नै यी दुई जोडीहरु उत्कृष्ट २४ को क्रममा एकअर्कासँग भिडेका थिए । त्यस राउण्डमा शोभा र बालचन्द्रले राजेन्द्र र मिनालाई पराजित गरेका थिए । तर उनीहरु फेरि वाईल्ड कार्डमार्फत अघि बढेपछि यी दुई जोडीको फेरि एकपटक कडा प्रतिस्पर्धा हुनथालेको हो ।

शनिबार उनीहरुको प्रस्तुति पश्चात दर्शक भोट र निर्णायक मतको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ दोहोरी च्याम्पियनको फाईनल राउण्डमा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा पुगेका तेस्रो जोडी हुन् राजेन्द्र पाठक र मिना नेपाल । उनीहरुले उत्कृष्ट ८ को दोहोरी भिडन्तमा चर्चित जोडी राजु केसी र डिला बिकसँग दोहोरी भिडेका थिए । यसअघि उत्कृष्ट १६ को दोहोरी भिडन्तमा राजेन्द्रलाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए भने मिनालाई दुई जना निर्णायकहरुले थ्री स्टार र दुई जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ५९९ अंक प्राप्त गर्दै ५ अंकले हार व्यहोरेका थिए । तर उनीहरु वाईल्ड कार्डमार्फत पून शोमा प्रवेश गरेका थिए । फिजिकल अडिसनदेखि नै चर्चामा रहेका मिना र राजेन्द्र लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चिनिएका गायक तथा गायिका पनि हुन् । मिना ओखलढुङ्गाकी र राजेन्द्र नुवाकोटका हुन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा पुगेका चौथो जोडी हुन् बालचन्द्र बराल र शोभा कार्की । उनीहरुले उत्कृष्ट ८ को दोहोरी भिडन्तमा विजय बानियाँ र सपना रोकासँग दोहोरी भिडेका थिए । यसअघि उत्कृष्ट १६ मा बालचन्द्रले सबै निर्णायकहरुबाट फो स्टार प्राप्त गरेका थिए भने शोभाले दुई जना निर्णायकबाट फो स्टार र दुई जनाबाट थ्री स्टार प्राप्त गरेका थिए । त्यस्तै उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ६०४ अंक प्राप्त गर्दै ५ अंकको अन्तरमा जित हासिल गरेका थिए । बालचन्द्र र शोभा लाईभ दोहोरीमा चर्चामा रहेका नाम हुन् । उनीहरु परिचित गायक गायिका समेत हुन् । गायिका शोभा कार्कीको माईती म्याग्दीमा पर्छ भने उनको घर गुल्मीमा पर्छ । बालचन्द्र बाग्लुङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*