शेभा कार्की र राजेन्द्र पाठकको कडा दोहोरी भिडन्त

२३ आश्विन २०७८, शनिबार ११:०५
Featured Video Play Icon

मकवानपुर, २३ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनल राउण्डको अन्तिम दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबारको सेमिफाईनल दोहोरी भिडन्तमा राजेन्द्र पाठक र मिना नेपालसँग बालचन्द्र बराल र शोभा कार्कीले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा राजेन्द्र र शोभाको कडा दोहोरी भिडन्त देख्न सकिन्छ ।

प्रोमो अनुसार उनीहरुले वैदेशिक रोजगारीले छुटाएको प्रेमीप्रेमिकाको रुपमा दोहोरी गाएका छन् । सुरुमा राजेन्द्रले आफु बाध्यतामा बाहिरिँदा सोचेका सपना पुरा नभएको बताएका छन् । राजेन्द्रको गुनासो र पिडा मिश्रित दोहोरी टुक्कामा शोभाले पनि दुःख बिसाएका छिन् । उनले पनि जीवन काट्न गाह्रो भएको बताएकी छिन् ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायको मत र दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा चर्चित जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*