अभिषेक तामाङ र सुमिना लोको ‘बर्गर हाउस’ सार्वजनिक

१८ आश्विन २०७८, सोमबार १७:५३

मकवानपुर, १८ असोज । चर्चित गायक तथा संगीतकार अभिषेक तामाङ र गायिका सुमिना लोको ‘बर्गर हाउस’ बोलको नयाँ तामाङ गीत सार्वजनिक भएको छ । बिहिन लामा दोङको शब्द तथा गायक अभिषेक तामाङको संगीतमा तयार भएको गीतको म्युजिक भिडियो गायक अभिषेक तामाङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

पर्पल स्टुडियो नक्सालमा रेकर्ड भएको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन् । गीतको एरेञ्ज फणिन्द्र राईले गरेका हुन् । गीतको म्युजिक भिडियोलाई सूर्य लामाले निर्देशन, छायाँकन तथा सम्पादन गरेका हुन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*