प्रजापति पराजुली र बद्री पंगेनीसँग सिता थापा र प्रिती आलेको कडा दोहोरी भिडन्त

१८ आश्विन २०७८, सोमबार १३:५३
Featured Video Play Icon

मकवानपुर, १७ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को सेमिफाईनल राउण्डमा दोहोरी च्याम्पियनकै वरिष्ठ निर्णायकहरु र शोका संचालकहरुबिच कडा दोहोरी भिडन्त चलेको छ । सेमिफाईनलको सुरुवातमै शोका निर्णायक प्रजापति पराजुली र संचालक तथा गायक बद्री पंगेनीसँग शोका निर्णायक सिता थापा र संचालक तथा गायिका प्रिति आलेबिच कडा दोहोरी भिडन्त चलेको हो ।

सुरुमा गायक बद्री पंगेनीले काकी खोज्दै च्याम्पियनमा आएको भनेपछि गायिका प्रितिले पनि काकी कति धेरै हो भन्दै व्यङ्ग्य गरेकी थिईन् । उनीहरुको भिडन्तपछि निर्णायक प्रजापति पराजुलीले निर्णायक सिता थापातर्फ लक्षित गर्दै कडा दोहोरी प्रहार गरेका थिए । उनको सवालमा निर्णायक सिता थापाले पनि दमदार जवाफ फर्काएकी थिईन् ।

बद्री र प्रितिबाट सुरु भएको यो दोहोरी भिडन्त निर्णायक सिता र प्रजापतिका बिचमा अझ दमदार बनेको थियो । त्यसपश्चात गायिका प्रिति आलेसँगै निर्णायक प्रजापति पराजुलीको पनि कडा दोहोरी चलेको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*