बालचन्द्र बराल र शोभा कार्की दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा

१७ आश्विन २०७८, आईतवार २०:४४
Featured Video Play Icon

मकवानपुर, १७ असोज । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा चर्चित प्रतियोगीहरु बालचन्द्र बराल र शोभा कार्की उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा प्रवेश गरेका छन् । उत्कृष्ट ८ को दोहोरी भिडन्तमा चर्चित प्रतियोगीहरु विजय बानियाँ र सपना रोकासँग दोहोरी भिडेका बालचन्द्र र शोभा निर्णायक मत र दर्शक भोटका आधारमा सेमिफाईनलमा प्रवेश गरेका हुन् । उनीहरु सेमिफाईनलमा प्रवेश गरेसँगै विजय र सपना शोबाट बाहिरिएका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा पुगेका चौथो जोडी हुन् बालचन्द्र बराल र शोभा कार्की । उनीहरुले उत्कृष्ट ८ को दोहोरी भिडन्तका क्रममा विजय बानियाँ र सपना रोकासँग दोहोरी भिडेका थिए । यसअघि उत्कृष्ट १६ मा बालचन्द्रले सबै निर्णायकहरुबाट फो स्टार प्राप्त गरेका थिए भने शोभाले दुई जना निर्णायकबाट फो स्टार र दुई जनाबाट थ्री स्टार प्राप्त गरेका थिए । त्यस्तै उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ६०४ अंक प्राप्त गर्दै ५ अंकको अन्तरमा जित हासिल गरेका थिए । बालचन्द्र र शोभा लाईभ दोहोरीमा चर्चामा रहेका नाम हुन् । उनीहरु परिचित गायक गायिका समेत हुन् । गायिका शोभा कार्कीको माईती म्याग्दीमा पर्छ भने उनको घर गुल्मीमा पर्छ । वि.सं. २०६८ सालदेखि गायन क्षेत्रमा लागेकी उनले एक दशक यो क्षेत्रमा बिताईसकेकी छिन् । शोभाको श्रीमान नेपाल आर्मीमा कार्यरत छन् । उनको बुवा, सानी आमा र दुई भाईहरु पनि छन् ।

गायिका शोभा कार्कीसँगै जोडी बाँधेर दोहोरी भिडिरहेका गायक बालचन्द्र बराल बाग्लुङको तात्कालिन दगातुन डाँडा हाल बडीगाड गाउँपालिका अन्तर्गत पर्ने गाउँमा जन्मिएका उनी एसएलसी सकिएपछि गायन क्षेत्रमा लागेका हुन् । सुरुमा ईण्डियन आर्मीमा भर्ती हुन गएका उनलाई सानैदेखिको गीतसंगीतमा रुचि थियो । सानैदेखिको गीतसँगीतकै रुचिले उनलाई ईण्डियन आर्मीले भन्दा पनि गायन क्षेत्रले धेरै तानिरह्यो । धेरै वर्ष रेडियो र टेलिभिजनमा संघर्ष गरेका उनले वि.सं. २०६७ सालदेखि दोहोरी साँझहरुमा काम गर्दै आएका छन् । दोहोरी साँझकै कमाईले उनले बेला–बेलामा गीति एल्बम पनि सार्वजनिक गरेको उनी बताउँछन् । आमाबुवासहित ४ दिदी बहिनी, एक भाई र श्रीमतिका साथमा रहेका बालचन्द्र घरका जेठा छोरा हुन् । उनको ३ महिनाको छोरी पनि छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*