सेमिफाईनलको पहिलो भागमा कसले जित्ला दोहोरी भिडन्त ?

१६ आश्विन २०७८, शनिबार १९:३९
Featured Video Play Icon

मकवानपुर, १६ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनल राउण्डको पहिलो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । सेमिफाईनलको पहिलो भिडन्तमा सविन आचार्य र रिता रावत क्षेत्रीसँग प्रकाश पराजुली र मिना बुढाथोकीले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए ।

शनिबार उनीहरुको प्रस्तुति पश्चात दर्शक भोट र निर्णायक मतको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ दोहोरी च्याम्पियनको फाईनल राउण्डमा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा पुगेका पहिलो जोडी हुन् सविन आचार्य र रिता रावत क्षेत्री । उनीहरुले उत्कृष्ट ८ को दोहोरी भिडन्तमा चर्चित जोडी सरोज सिम्खडा र सिता घिमिरेसँग दोहोरी भिडेका थिए । उनीहरु दर्शक भोट र निर्णायक मतका आधारमा जीत हासिल गर्दै उत्कृष्ट ४ मा प्रवेश गरेका हुन् । यसअघि उत्कृष्ट १६ को दोहोरी भिडन्तमा सविनलाई निर्णायक चन्द्र शर्माले टु स्टार, निर्णायक रमेश बिजी र प्रजापति पराजुलीले थ्री स्टार तथा सिता थापाले फो स्टार दिएका थिए । त्यस्तै रिता रावत क्षेत्रीलाई निर्णायक प्रजापति पराजुलीले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार दिएका थिए ।

त्यस्तै उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तमा निर्णायकहरुबाट ५६८ अंक प्राप्त गर्दै जम्मा १४ अंकले दोहोरी जितेका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । दोहोरी च्याम्पियनमा निर्णायकहरुबाट सर्वाधिक प्रशंसा पाएकी रिता चर्चित लोकदोहोरी गायिका हुन् । रिता दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ की हुन् । रितासँगै जोडी बाँधेर प्रतिस्पर्धा गरिरहेका सविन आचार्य पाँचथरका हुन् ।

त्यस्तै दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा पुगेका दोस्रो जोडी हुन् प्रकाश पराजुली र मिना बुढाथोकी । उनीहरुले उत्कृष्ट ८ को दोहोरी भिडन्तमा शोकै चर्चित जोडी अस्मिता डल्लाकोटी र जीवन सिग्देलसँग दोहोरी भिडेका थिए । उनीहरु दर्शक भोट र निर्णायक मतका आधारमा जीत हासिल गर्दै उत्कृष्ट ४ मा प्रवेश गरेका हुन् । यसअघि उत्कृष्ट १६ को दोहोरी भिडन्तमा प्रकाशलाई निर्णायक चन्द्र शर्माले थ्री स्टार र बाँकी ३ जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै मिनालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए ।

त्यस्तै उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६८ अंक प्राप्त गर्दै ७ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । प्रकाश स्याङ्जाका हुन् । प्रकाशसँगै जोडी बाँधेर दोहोरी भिडिरहेकी गायिका मीना बुढाथोकी दाङकी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*