दोहोरी च्याम्पियनमा यो साता यस्तो धमाका

१६ आश्विन २०७८, शनिबार ११:३४
Featured Video Play Icon

मकवानपुर, १६ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनल राउण्डको पहिलो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार सविन आचार्य र रिता रावत क्षेत्रीसँग प्रकाश पराजुली र मिना बुढाथोकीले दोहोरी भिड्दैछन् । यो साता दोहोरी च्याम्पियनमा दोहोरी भिडन्तमात्र नभई अतिथि कलाकारहरुले पनि तहल्का मच्चाउँदैछन् । यो साता शोमा चर्चित दोहोरी गायक विष्णु खत्री र बैकुण्ठ महत आउँदैछन् ।

अतिथि कलाकारसँगै हुने रमाईलोकाबिच यो साता फाईनल राउण्डमा पुग्नका लागि दुई टिमबिच कडा दोहोरी भिडन्त हुने यसअघिको प्रोमोले पनि देखाईसकेको छ । प्रोमोमा रिता र प्रकाशको कडा दोहोरी भिडन्त समावेश गरिएको छ । उनीहरुमध्ये कुन टिम अगाडि बढ्ला भनेर पनि दर्शकहरु जान्न उत्सुक छन् । शनिबार उनीहरुको प्रस्तुति पश्चात दर्शक भोट र निर्णायक मतको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् ।

त्यस्तै यो साता नै सेमिफाईनलमा पुग्ने अन्तिम जोडीको नाम घोषणा हुँदैछ । उत्कृष्ट ४ का लागि गत साता विजय बानियाँ र सपना रोकासँग बालचन्द्र बराल र शोभा कार्कीले दोहोरी भिडन्त गरेका थिए । दुबै टिमले निर्णायकहरुबाट प्रशंसा पाएका थिए । दर्शक भोट र निर्णायक मतका आधारमा यो साता एक जोडी उत्कृष्ट ४ का लागि छानिनेछन् । यी विभिन्न प्रस्तुतिहरुका कारण यो साता दोहोरी च्याम्पियन एक धमाकेदार एपिसोड बन्ने देखिएको छ । दर्शकहरु पनि यो साताको दोहोरी च्याम्पियनको तिसौँ एपिसोडको प्रतिक्षा गरिरहेका छन् । भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*