रिता रावत र प्रकाश पराजुलीको कडा दोहोरी भिडन्त

१५ आश्विन २०७८, शुक्रबार ११:३४
Featured Video Play Icon

मकवानपुर, १५ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनल राउण्डको दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबारको पहिलो सेमिफाईनल दोहोरी भिडन्तमा सविन आचार्य र रिता रावत क्षेत्रीसँग प्रकाश पराजुली र मिना बुढाथोकीले दोहोरी भिड्दैछन् । यसैबिच दोहोरी च्याम्पियन टिमले शनिबारका लागि प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोमा रिता र प्रकाशको कडा दोहोरी भिडन्त देख्न सकिन्छ । प्रोमो अनुसार रिता र प्रकाशले दम्पत्तिको भूमिका निभाउँदै दोहोरी गाएका छन् । सुरुमा प्रकाशले रितासँग रोमान्टिक टुक्कामा दोहोरी भिडेका छन् ।

प्रकाशको रोमान्टिक दोहोरी प्रहारको जवाफ दिँदै रिताले पनि चिन्ता व्यक्त गर्छिन् । उनीहरुको दोहोरी भिडन्तमा अतिथि कलाकार र निर्णायकहरुले समेत प्रशंसा गरिरहेको देखिन्छ । रिताको जवाफले उनीहरुको दोहोरी भिडन्त अझ रोचक मोडमा पुगेको देखिन्छ ।

यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायको मत र दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा चर्चित जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*