बालचन्द्र बराल र शोभा कार्की नै हो त विजेता ?

१४ आश्विन २०७८, बिहीबार २१:२०
Featured Video Play Icon

मकवानपुर, १४ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा पुग्ने अन्तिम जोडीको घोषणा यही शनिबार हुँदैछ । गत शनिबार सपना रोका र विजय बानियाँसँग बालचन्द्र बराल र शोभा कार्कीले दोहोरी भिडेका थिए । यी दुबै टिमले गत साता कडा दोहोरी भिडन्त गरेका थिए । उनीहरुले दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । बालचन्द्र र शोभालाई धेरै दर्शकहरुले कमेन्टबाटै सेमिफाईनलमा पुग्ने जोडी भन्दै प्रशंसा गरेका छन् । तर निर्णायक मत र दर्शक भोटका आधारमा रिजल्ट हुने भएकोले उनीहरु सेमिफाईनलमा पुग्लान् भनेर यसै भन्न सक्ने अवस्था छैन । तपाईको विचारमा के बालचन्द्र र शोभा सेमिफाईनल अर्थात उत्कृष्ट ४ मा पुग्लान् जस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका आठौँ जोडी हुन् बालचन्द्र बराल र शोभा कार्की । यसअघि उत्कृष्ट १६ मा बालचन्द्रले सबै निर्णायकहरुबाट फो स्टार प्राप्त गरेका थिए भने शोभाले दुई जना निर्णायकबाट फो स्टार र दुई जनाबाट थ्री स्टार प्राप्त गरेका थिए । त्यस्तै उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ६०४ अंक प्राप्त गर्दै ५ अंकको अन्तरमा जित हासिल गरेका थिए । बालचन्द्र र शोभा लाईभ दोहोरीमा चर्चामा रहेका नाम हुन् । उनीहरु परिचित गायक गायिका समेत हुन् । गायिका शोभा कार्कीको माईती म्याग्दीमा पर्छ भने उनको घर गुल्मीमा पर्छ । गायिका शोभा कार्कीसँगै जोडी बाँधेर दोहोरी भिडिरहेका गायक बालचन्द्र बराल बाग्लुङको तात्कालिन दगातुन डाँडा हाल बडीगाड गाउँपालिका अन्तर्गत पर्ने गाउँमा जन्मिएका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*