सपना रोका र विजय बानियाँ सेमिफाईनलमा पुग्लान् ?

१४ आश्विन २०७८, बिहीबार १५:३८
Featured Video Play Icon

मकवानपुर, १४ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा पुग्ने अन्तिम जोडीको घोषणा यही शनिबार हुँदैछ । गत शनिबार सपना रोका र विजय बानियाँसँग बालचन्द्र बराल र शोभा कार्कीले दोहोरी भिडेका थिए । यी दुबै टिमले गत साता कडा दोहोरी भिडन्त गरेका थिए । उनीहरुले दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । सपना र विजयलाई दर्शकहरुले सेमिफाईनलमा पुग्ने जोडीका रुपमा चर्चा गरिरहेका छन् । उनीहरुमध्ये धेरै दर्शकहरुले सपनाको आवाजको प्रशंसा गर्ने गरेका छन् । विजय र सपनाले गत साता शोभा र बालचन्द्रसँग कडा दोहोरी गर्दै सेमिफाईनलमा पुग्न कडा मेहनत गरेको प्रमाणित गरेका थिए । तपाईको विचारमा के विजय र सपना सेमिफाईनल अर्थात उत्कृष्ट ४ मा पुग्लान् जस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका सातौँ जोडी हुन् विजय बानियाँ र सपना रोका । यसअघि उत्कृष्ट १६ मा सपनालाई दुई निर्णायकले फो स्टार र अर्का दुई निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । विजयलाई एक जना निर्णायकले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । त्यस्तै उत्कृष्ट २४ को क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६९.५ अंक प्राप्त गर्दै ९.५ अंकको अन्तरमा जीत हासिल गरेका थिए । फिजिकल अडिसनदेखि नै मिलेको जोडीका रुपमा चर्चामा आएका विजय र सपना गायक गायिकाकै रुपमा परिचय बनाईसकेका प्रतियोगीहरु हुन् । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । गायिका सपना रोक्का स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ निवासी हुन् । गायक विजय बानियाँ गोरखाका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*