राजेन्द्र पाठक र मिना नेपाल दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा

१२ आश्विन २०७८, मंगलवार ०८:३४
Featured Video Play Icon

मकवानपुर, १२ असोज । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा चर्चित प्रतियोगीहरु राजेन्द्र पाठक र मिना नेपाल उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा प्रवेश गरेका छन् । उत्कृष्ट ८ को दोहोरी भिडन्तमा चर्चित प्रतियोगीहरु राजु केसी र डिला बिकसँग दोहोरी भिडेका राजेन्द्र र मिना सर्वाधिक दर्शक भोट प्राप्त गर्दै सेमिफाईनलमा प्रवेश गरेका हुन् । उनीहरु सेमिफाईनलमा प्रवेश गरेसँगै राजु र डिला शोबाट बाहिरिएका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा पुगेका तेस्रो जोडी हुन् राजेन्द्र पाठक र मिना नेपाल । उनीहरुले उत्कृष्ट ८ को दोहोरी भिडन्तका क्रममा राजु केसी र डिला विकसँग दोहोरी भिडेका थिए । यसअघि उत्कृष्ट १६ को दोहोरी भिडन्तमा राजेन्द्रलाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए भने मिनालाई दुई जना निर्णायकहरुले थ्री स्टार र दुई जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ५९९ अंक प्राप्त गर्दै ५ अंकले हार व्यहोरेका थिए । तर उनीहरु वाईल्ड कार्डमार्फत पून शोमा प्रवेश गरेका थिए । वाईल्ड कार्डमार्फत प्रवेश गरेका उनीहरुले दोहोरी भिडन्त जित्दै उत्कृष्ट ४ को यात्रा नै तय गर्न सफल भएका छन् । फिजिकल अडिसनदेखि नै चर्चामा रहेका मिना र राजेन्द्र लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चिनिएका गायक तथा गायिका पनि हुन् ।

मिना नेपाल ओखलढुङ्गाकी हुन् । प्रदेश नम्बर १ को ओखलढुङ्गा जिल्ला अन्तर्गत मोलुङ गाउँपालिकाको वडा नम्बर ५ मा जन्मिएकी उनी हाल परिवारसँगै काठमाडौँको कपनमा बस्छिन् । सानैदेखि गीतसँगीतमा रुचि भएकी मिनाले सानैदेखि गीत गाउन थालेकी थिईन् । गाउँबाट टाढाको सहरमा पुगेर क्यासेटहरु किन्दै गीत गाउन सिकेकी मिनाले सानैदेखि दोहोरी प्रतियोगिताहरुमा पनि भाग लिएकी थिईन् । उनी सानो छँदा उनको बुवाले मिनालाई बोकेर पनि गीत गाउन लाने गरेको उनी बताउँछिन् । काठमाडाँैमा आएपछि मामा र माईजुले पनि उनलाई गायनमा सहयोग गरेका थिए ।

मीनासँगै जोडी बाँधेर दोहोरी भिडिरहेका राजेन्द्र पाठक नुवाकोटका हुन् । दाह्रीवाला गायकका रुपमा चिनिएका राजेन्द्र शालिन शब्दहरु प्रहार गर्न माहिर छन् । नुवाकोटको तात्कालिन सुन्दरादेवी गाविस वडा नम्बर ५ मा जन्मिएका राजेन्द्र बाल्यकालदेखि नै गीत गाउने गर्थे । सानैदेखि अग्रजहरुको गीत गाउँदै हुर्किएका राजेन्द्रले सानैमा धेरै ठाउँमा प्रतियोगितामा सहभागी हुँदै जित पनि हासिल गरेका थिए । तर अध्ययनकै कारण उनले गाउने अवसरहरु पनि छोड्दै गए । धेरै वर्षपछि एसएलसी सकेर उनी काठमाडौँमा आएका थिए । हाल काठमाडौँको धुम्बाराहीमा बसोबास गर्ने राजेन्द्रका आमा, दुई दाई र दुई दिदीहरु पनि छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*