यो साता कसले जित्ला दोहोरी भिडन्त ?

९ आश्विन २०७८, शनिबार १८:५४
Featured Video Play Icon

मकवानपुर, ९ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ४ का लागि अन्तिम अर्थात चौथो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । चौथो दोहोरी भिडन्तमा बालचन्द्र बराल र शोभा कार्कीसँग विजय बानियाँ र सपना रोकाले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात दर्शक भोट र निर्णायक मतको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका सातौँ जोडी हुन् विजय बानियाँ र सपना रोका । उत्कृष्ट १६ मा उनीहरुले चर्चित जोडी बिमाकुमारी अनुरागी र सुरेन्द्र मगरसँग दोहोरी भिडेका थिए । दोहोरी भिडन्तमा सपनालाई दुई निर्णायकले फो स्टार र अर्का दुई निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । विजयलाई एक जना निर्णायकले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार प्रदान गरेका थिए । यसअघि उत्कृष्ट २४ को क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६९.५ अंक प्राप्त गर्दै ९.५ अंकको अन्तरमा जीत हासिल गरेका थिए । फिजिकल अडिसनदेखि नै मिलेको जोडीका रुपमा चर्चामा आएका विजय र सपना गायक गायिकाकै रुपमा परिचय बनाईसकेका प्रतियोगीहरु हुन् । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । सपना स्याङ्जाका र विजय गोरखाका हुन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका आठौँ जोडी हुन् बालचन्द्र बराल र शोभा कार्की । उत्कृष्ट १६ मा उनीहरुले चर्चित जोडी चिज गुरुङ र देवी आलेसँग दोहोरी भिडेका थिए । दोहोरी भिडन्तमा बालचन्द्रले सबै निर्णायकहरुबाट फो स्टार प्राप्त गरेका थिए भने शोभाले दुई जना निर्णायकबाट फो स्टार र दुई जनाबाट थ्री स्टार प्राप्त गरेका थिए । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तमा उनीहरुले निर्णायकहरुबाट जम्मा ६०४ अंक प्राप्त गर्दै ५ अंकको अन्तरमा जित हासिल गरेका थिए । बालचन्द्र र शोभा लाईभ दोहोरीमा चर्चामा रहेका नाम हुन् । उनीहरु परिचित गायक गायिका समेत हुन् । शोभाको माईती म्याग्दीमा पर्छ भने उनको घर गुल्मीमा पर्छ । त्यस्तै बालचन्द्र बाग्लुङका हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*