दोहोरी च्याम्पियनमा शनिबार यस्तो धमाका

९ आश्विन २०७८, शनिबार १८:४६
Featured Video Play Icon

मकवानपुर, ९ असोज । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ को अन्तिम दोहोरी भिडन्त यही शनिबार हुँदैछ । शनिबार बालचन्द्र बराल र शोभा कार्कीसँग विजय बानियाँ र सपना रोकाले दोहोरी भिड्दैछन् । यो साता दोहोरी च्याम्पियनमा दोहोरी भिडन्तमात्र नभई अतिथि कलाकारहरुले पनि तहल्का मच्चाउँदैछन् । यो साता शोमा चर्चित कलाकारहरु फुलन्देकी आमा अर्थात उमेश राई र वसन्त थापा आउँदैछन् ।

अतिथि कलाकारसँगै हुने रमाईलोकाबिच यो साता उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा पुग्नका लागि दुई टिमबिच कडा दोहोरी भिडन्त हुने यसअघिको प्रोमोले पनि देखाईसकेको छ । प्रोमोमा शोभा र विजय तथा बालचन्द्र र सपनाको दमदार दोहोरी भिडन्त समावेश गरिएको थियो । उनीहरुमध्ये कुन टिम अगाडि बढ्ला भनेर पनि दर्शकहरु जान्न उत्सुक छन् । शनिबार उनीहरुको प्रस्तुति पश्चात दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । चर्चाको शिखरमा रहेका यी दुबै टिम दर्शकमाझ निक्कै लोकप्रिय छन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् ।

त्यस्तै यो साता नै उत्कृष्ट ४ मा पुग्ने तेस्रो जोडीको नाम घोषणा हुँदैछ । उत्कृष्ट ४ का लागि गत साता राजु केसी र डिला बिकसँग राजेन्द्र पाठक र मिना नेपालले दोहोरी भिडन्त गरेका थिए । दुबै टिमले निर्णायकहरुबाट प्रशंसा पाएका थिए । दर्शक भोट र निर्णायक मतका आधारमा यो साता एक जोडी उत्कृष्ट ४ का लागि छानिनेछन् । यी विभिन्न प्रस्तुतिहरुका कारण यो साता दोहोरी च्याम्पियन एक धमाकेदार एपिसोड बन्ने देखिएको छ । दर्शकहरु पनि यो साताको दोहोरी च्याम्पियनको उनान्तिसौँ एपिसोडको प्रतिक्षा गरिरहेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*